६ पुस २०८२, आइतबार | December 21, 2025

एकीकृत समाजवादीको घोषणापत्र – ‘आफ्नो गाउँ आफै बनाउँ’को नेतृत्वकर्ता माधव नेपाल



फाइल तस्बिर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारले विभिन्न समयमा गरेका चर्चित ‘११ वटा कार्यक्रम’लाई पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री र मन्त्री हुँदा भएको दाबी गरेको छ ।

आइतबार पारित भएको स्थानीय तह निर्वाचन घोषणापत्र–२०७९ मा एकीकृत समाजवादीले २७ वर्षअघि सञ्चालन भएको ‘आफ्नो गाउँ, आफैं बनाउँ’ अभियानको तयारी अध्यक्ष नेपालले गरेको उल्लेख छ ।

देशको स्थानीय विकासको क्षेत्रमा आधारभूत परिवर्तन ‘आफ्नो गाउँ, आफैं बनाउँ’ अभियानका कारण आएको मानिन्छ । पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारमा उपप्रधानमन्त्री हुँदा नेपालले अभियानसहितको नीति तथा कार्यक्रमको मस्यौदाको तयारी गरेको घोषणापत्रमा भनिएको छ ।

अभियानकै कारण हाल स्थानीय तहमा बजेट गएको र विकासमा नयाँ आयाम थपिएको पनि दाबी एकीकृत समाजवादीको छ ।

समाजवाद उन्मुख अर्थतन्त्रको आधारशीला तयार गर्न ‘गाउँ गाउँमा सहकारी, घरघरमा रोजगारी’ कार्यक्रम नेपाल नेतृत्वको सरकारले सञ्चालन गरेको दाबी पनि घोषणापत्रमा उल्लेख छ ।

पुष्पलाल लोकमार्ग (मध्यपहाडी), काठमाडौं–निजगढ दु्रतमार्ग, देशलाई सुरुङ युगमा प्रवेश गराउने, स्थानीय तहमा महिला र उत्पीडित समुदायको उपस्थिति बढाएको र शान्ति स्थापनाका लागि आएको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन ‘अनमिन’लाई बिदाइ गरेको गतिविधिलाई पनि एकीकृत समाजवादीले उपलब्धि भनेको छ ।

यस्तै, गणतन्त्र स्थापनाका लागि नेपालले नेतृत्वदायी भूमिका निर्वाह गरेको विषय पनि घोषणापत्रमा समावेश छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ३ : ३५ बजे

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक