७ आश्विन २०८३, बुधबार | September 23, 2026

देश श्रीलंका हुन्छ भन्नु नै राष्ट्रघात हो : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देश श्रीलंका हुन्छ भनेर अर्थतन्त्रबारे नकारात्मक टिप्पणी गर्नु अनावश्यक भएको बताएका छन् । देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात भएको उनको भनाइ छ ।

‘अफवाहहरूलाई जोड्दै जोड्दै लिएर कहाँ लग्न खोजिदैछ भने देश श्रीलंका हुन्छ भन्नेतिर लग्न खोजिदैछ । यो राष्ट्रघात हो । देशलाई त राम्रो बनाउनुपर्‍यो नि । श्रीलंका बनाउनतिर किन चाँसो उहाँहरूको भइराखेको छ बडो अचम्म लाग्छ ,’ मन्त्री शर्माले भने ।

सरकारले बृद्धभत्ता कटौती गर्न लागेको, अन्य काम पनि कटौती गर्न लागेको भन्दै भ्रम फैलाउने काम भइरहेको उनको भनाइ छ । ‘हामीले आवश्यकता अनुसार बजेटको व्यवस्था गरिरहेका छौं । बृद्धभत्ता कटौती गर्न लाग्यो, यसो गर्न लाग्यो भनेर भ्रम फैलाउने काम भइरहेको छ । यी सबै अफवाहहरू हुन् ,’ उनले भने ।

ठूलो ठूलो स्वरमा अर्थतन्त्र सकियो भन्दै राजनीतिकरण गर्न खोजिएको उनको भनाइ छ । ‘हामी पनि सतर्कता अपनाइरहेका छौं । यसमा अनावश्यक अफवाह फैलाउनु आवश्यक छैन्,’ मन्त्री शर्माले भने, ‘हामीले दिन नसकिने अवस्थामा छैनौं । अहिले पनि हाम्रो ट्रेजरीमा ६७ अर्ब पैसा छ ।’

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : ४७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११