६ पुस २०८२, आइतबार | December 21, 2025

वैशाख ५ गतेभित्र सबै उम्मेदवारको सिफारिस गर्न माओवादी सर्कुलर



काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले वैशाख ५ गतेभित्र सबै उम्मेदवारहरुको सिफारिस गर्न मातहतका सबै प्रदेश समितिलाई निर्देशन जारी गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष परिपत्र जारी गर्दै वैशाख ५ गतेभित्र सबै उम्मेदवारहरुको सिफारिस गर्न निर्देशन जारी गरेको हो । ‘महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरुको नाम पार्टीका प्रदेश समितिलेहरुले सर्वसम्मत भए एक एक जना सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जना सम्मको नाम केन्द्रीय कार्यालयमा पेश गर्ने । केन्द्रीय कार्यालयले उम्मेदवारको अन्तिम निर्णय गरी पठाउनेछ’, परिपत्रमा भनिएको छ ।

परिपत्रमा नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुको सिफारिस सम्बन्धित पालिका समितिहरुले गर्ने जनाइएको छ । परिपत्रअनुसार सो सिफारिसलाई सम्बन्धित जिल्ला समन्वय समितिको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउने र केन्द्रीय केन्द्रीय कार्यालयबाट अनुमोदन गराइने छ ।

वडा अध्यक्ष र सदस्यहरुलाई भने सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्ने र प्रदेश समितिले अनुमोदन गर्ने जनाइएको छ ।

माओवादीले गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने परिपत्र पनि जारी गरेको छ । तालमेल हुन नसक्ने अवस्था आएमा भने गठबन्धनकै दलहरुबीच स्वस्थ्य प्रतिस्पर्धा गर्न केन्द्रको स्वीकृति लिनुपर्ने परिपत्र जारी गरिएको छ ।

माओवादीले महिलाको कार्यकारी भूमिकालाई सुनिश्चित गर्न जोड दिएको छ । परिपत्रमा भनिएको छ, ‘स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न विजयको सम्भावना भएका पालिका मध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पािलका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिका अन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवारी दिन विशेष जोड गर्ने ।’

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ११ : २१ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको