२२ भदौ २०८३, सोमबार | September 7, 2026

नेपालगन्जको मेयर उपमेयरको एमाले सिफारिसमा एमाले नगर अध्यक्ष कै असहमति



नेपालगन्ज । नेपालगञ्जनमा सर्वसम्मत सिफारिस भयो भनिएका एमालेको मेयर र उपमेयरका उम्मेदवारहरु विबादमा परेका छन् । नगर कमिटीको बैठकबाट सर्वसम्मत सिफारिस भएको भनिएका पशुपतिदयाल मिश्र र शान्ति ढकालको सिफारिसमा नगर कमिटी कै अध्यक्षले असहमति प्रकट गरेपछि उनिहरुको सिफारिस बिबादमा परेको हो ।

नगर कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्यले बैठकले निर्णय नै नगरी उम्मेदवारको नाम सार्वजनिक गरिएको भन्दै असहमति प्रकट गरेका छन् । आचार्यले बैठकको अध्यक्षता आफुले गर्नु पर्ने र सो को निर्णयको प्रमाणिकरण पनि आफैले गर्नु पर्नेमा अनाधिकारिकरुपमा निर्णय नभएको कुरा सार्वजनिक भएको बताए ।

खबरकुरासँग कुरा गर्दै नगर अध्यक्ष आचार्यले अध्यक्षलाई नै थाहा नभएको कुरा बाहिर सार्वजनिक गरिएकोमा आपत्ति जनाए । ‘रुलिङ गर्ने र बैठक संचालन गर्ने अध्यक्षलाई नै थाहा छैन, निर्णय बाहिर कसरी आयो ?’ उनले भने, -‘यो प्रक्रिया गलत भयो ।’

एमाले बाँकेका इन्चार्ज सुर्य ढकालले सोमबार नै नगर कमिटीको निर्णय भन्दै मेयरमा मिश्र र उपमेयरमा ढकालको सर्वसम्मत निर्णय भएको बताएका थिए । नगर अध्यक्ष आचार्यले भने निर्णय फरक पनि आउन सक्ने बताएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १२ : ०४ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा