२२ मंसिर २०८२, सोमबार | December 9, 2025

नेपालगन्जको मेयर उपमेयरको एमाले सिफारिसमा एमाले नगर अध्यक्ष कै असहमति



नेपालगन्ज । नेपालगञ्जनमा सर्वसम्मत सिफारिस भयो भनिएका एमालेको मेयर र उपमेयरका उम्मेदवारहरु विबादमा परेका छन् । नगर कमिटीको बैठकबाट सर्वसम्मत सिफारिस भएको भनिएका पशुपतिदयाल मिश्र र शान्ति ढकालको सिफारिसमा नगर कमिटी कै अध्यक्षले असहमति प्रकट गरेपछि उनिहरुको सिफारिस बिबादमा परेको हो ।

नगर कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्यले बैठकले निर्णय नै नगरी उम्मेदवारको नाम सार्वजनिक गरिएको भन्दै असहमति प्रकट गरेका छन् । आचार्यले बैठकको अध्यक्षता आफुले गर्नु पर्ने र सो को निर्णयको प्रमाणिकरण पनि आफैले गर्नु पर्नेमा अनाधिकारिकरुपमा निर्णय नभएको कुरा सार्वजनिक भएको बताए ।

खबरकुरासँग कुरा गर्दै नगर अध्यक्ष आचार्यले अध्यक्षलाई नै थाहा नभएको कुरा बाहिर सार्वजनिक गरिएकोमा आपत्ति जनाए । ‘रुलिङ गर्ने र बैठक संचालन गर्ने अध्यक्षलाई नै थाहा छैन, निर्णय बाहिर कसरी आयो ?’ उनले भने, -‘यो प्रक्रिया गलत भयो ।’

एमाले बाँकेका इन्चार्ज सुर्य ढकालले सोमबार नै नगर कमिटीको निर्णय भन्दै मेयरमा मिश्र र उपमेयरमा ढकालको सर्वसम्मत निर्णय भएको बताएका थिए । नगर अध्यक्ष आचार्यले भने निर्णय फरक पनि आउन सक्ने बताएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १२ : ०४ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट