२९ भदौ २०८३, सोमबार | September 14, 2026

नबिल बैंक र हेफर इन्टरनेशनल नेपाल बिच सम्झौता



काठमाडौ । महिला उद्यमी तथा साना किसानहरुमा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बिच सम्झौता भएको छ ।

उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र हेफर इन्टरनेशनल नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका वरिष्ठ उपाध्यक्ष डा.महेन्द्रनाथ लोहनी, नबिल बैंकका नायब प्रमुख कार्येकारी अधिकृत सुजित कुमार शाक्य र नबिल दिगो बैंकिंङका प्रबन्धक लिला प्रसाद ओझाको समेत उपस्थिति थियो ।

कृषि अन्तर्गत तरकारी खेती तथा माछापालन एवं पशुपालन सम्बन्धि क्षेत्रहरु जस्तै बाख्रापालन, गाईपालनमा संलग्न महिला उद्यमी तथा साना किसानहरुलाई सहज ढङ्गले दिगो बैंकिङ अन्र्तगतका कर्जा तथा वित्तीय साक्षरता प्रदान गराउन बैंक र हेफर इन्टरनेशनल नेपालबीच उक्त सम्झौता भएको छ ।

यस साझेदारीको मुख्य उद्देश्य महिला उद्यमी तथा साना किसानहरूको व्यबसाय विस्तार गर्ने क्षमताको मुल्यांकन र विकाशमा केन्द्रित गर्ने रहेको छ ।
उक्त योजनामा हेफर इन्टरनेशनल नेपालका तर्फबाट सामाजिक उद्यमी, महिला सहकारी र विभिन्न स्थानका स्थानिय सरकार समेत आबद्ध रहेका छन् । महिला सहकारी वा स्थानिय सरकारले उद्यमीहरूको पहिचान र सिफारिस गरी बैंकसँग जोड्न सहज बनाउनेछन् ।

 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ८ : ५३ बजे

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला