३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

९५ प्रतिशत बन्यो ४२ किलोवाट अदलीखोला लघु जलविद्युत आयोजना



जुम्ला । गुठीचौर गाउँपालिकाकामा रहेको अदली खोलामा ४२ किलोवाटको लघु जलविद्युत आयोजना निर्माणको ९५ प्रतिशत काम पुरा भएको छ । गाउँपालिका वडा नम्बर १ गडिगाउँमा निर्माणधिन अवस्थामा रहेको आयोजनाको आज निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले अनुगमन गरेका छन् । आयोजना अनुगमनमा पालिकाका अध्यक्ष हरिबहादुर भण्डारी पनि थिए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीका अनुसार आयोजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ। १५ वैशाखभित्रै आयोजना निर्माणसम्पन्न गरिसक्न गुठीचौरका अध्यक्ष भण्डारीले निर्देशन दिएका छन् । उनले भने, ‘यो आयोजना जुम्लाकै लागि ठुलो र नमुना हो ।’ आयोजनामा गाउँपालिकाले एक करोड एक लाखभन्दा बढी रकम विनियोजन गरेको छ। दुर्गम र विकास पुर्वाधारबाट पछाडी परेको बस्तीमा यो आयोजना निर्माणपछि उज्यालोको अनुभुति हुने अध्यक्ष भण्डारीले बताए ।

अदलिखोला लघु जलविद्युत आयोजनाको पावर हाउस, टनेल, निर्माणस्थलको अवलोकन समेत भएको छ । गाउँपालिका उपाध्यक्ष जानदेवी ऐडीले यहाँ उत्पादन हुने बिजुलीले गडिगाँउ, नापानी, मुनिगाउँ र डिल्लीकोटका उपभोक्ता लाभावान्वित हुने बताइन । उनका अनुसार एक नम्बर वडामा मात्रै तीन सय ६० घरधुरी छन् ।

त्यस्तै एक हजार आठ सय उपभोक्ताले बत्ती बाल्न पाउने वडा सचिव हरिश्चन्द्र गिरी बताउँछन् ।

आयोजनाका अपरेटर हिरालाल ऐडीले स्थानीय सरकारलाई एउटा तालिम उपलब्ध गराउन अनुरोध गरे । उनले जलविद्युतमा काम गर्दा मेसिनरी चिजसँग जोखिम छ। तालिम भए ढुक्कसँग काम गर्न पाइने थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ५ : २१ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा