१४ असार २०८३, आइतबार | June 28, 2026

भक्तपुरको विस्का : ढालियो ५५ हात लामो ल्योसिंद्यो



भक्तपुर । भक्तपुरको विस्का जात्राको क्रममा ५५ हात लामो ल्योसिंद्य (लिगों) बिहीबार ढालिएको छ । बिहीबार साढे तीन बजे उठाइएको ल्योसिंद्य ठिक सात ढालेको हो ।

परम्परा अनुसार ल्योसिंद्यो प्रत्येक वर्ष चैत मसान्तमा उठाइन्छ र नयाँ वर्षको पहिलो दिन वैशाख १ गते ढालिन्छ। तर यो वर्ष बुधबार उठाउन सकिएन। त्यसपछि ल्योसिंद्योलाई बिहीबार मात्रै उठाउन सफल भइएको हो ।

वर्षको अन्तिम दिन उठाउने ल्योसिंद्य वर्षको पहिलो दिन अर्थात् वर्षको पहिलो दिन नै ढाल्नुपर्ने परम्परा अनुसार बिहीबार ढालिएको हो । अघिल्लो वर्ष उठाएर नयाँ वर्षमा ढाल्नुपर्ने परम्परा भए पनि वर्षको अन्तिम दिन उठाउन नसक्दा वर्षको पहिलो दिन नै उठाएर त्यही दिन ढाल्ने परम्परा छ। यसरी परम्परा अनुसार वैशाख १ गते बिहीबार ल्योसिंद्य ढालिएको हो ।

प्रत्येक वर्ष भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलमा ५५ हात लामो यो ल्योसिंद्य उठाइन्छ र ढालिन्छ। ५५ हात लामो र ठूलो भएका कारण यो ल्योसिंद्य यस मात्रै मात्रै होइन, गतवर्ष पनि निर्धारित दिनमा उठाउन असफल भएको थियो ।

आठ वटा डोरीको सहायताले सयौं युवाले सामूहिक बल प्रयोगबाट मात्रै यो ल्यासिंद्यो उठाउन सफल हुन्छ । नर्याँ वर्षको साँझ डोरीको सहायताबाटै ल्योसिंद्यो ढालिन्छ ।

आठ रात नौ दिन लामो विस्का जात्राको सवैभन्दा बढी मुख्य आकर्षण नै यो ल्योसिंद्य उठाउनु र ढाल्नु हो । यो जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर अनि काठमाडौं उपत्यका आसपासबाट हजारौ जात्राप्रेमीहरु आउने गर्दछन् ।

यसअघि नयाँ वर्ष चार दिन अगाडि प्रसिद्ध पाँचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ मंगलबार दिउँसो तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु भएको थियो। प्रत्येक वर्ष नयाँ वर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलिमा बनाइएको तीनतल्ले भैरबनाथको रथ तान्ने क्रमसँगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ ।

किंम्बदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले ती राजकुमारीसँग बिहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने बताएपछि राजगद्दी पाउने राजकुमारीसँग बिहे गर्न धेरै कुमारहरू आए । तर जसले राजकुमारीसँग बिहे गर्थे उ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो ।

एकदिन एक बलवान राजकुमारले राजकुमारीसँग बिहे गरे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरूषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरे ।

भोलिपल्ट सधैँझैँ गुठीयार राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै र दुईवटा नाग-नागिनी मरेको देखेर सबै खुशी भएर राजाले पनि छोरीलाई अथाह धनसम्पत्ति दाइजो दिएर राजकुमारलाई राजतिलक गरिदिए ।

अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुशीयालीका साथ यो जात्रा मनाउन थालिएको हो र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो ल्योसिंखेलमा अहिले पनि ठड्याउने गरिन्छ । यसबाहेक पनि जात्रा सम्वन्धी अनेक किंम्वदन्ती छन् ।

भैरबनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँचतल्ले मन्दिर अगाडि नै रहेको यही भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ८ : ०८ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट