७ आश्विन २०८३, बुधबार | September 23, 2026

अर्घाखाँचीको छत्रदेवमा कांग्रेस एमालेलाई पशुपतिको चुनौती



अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका नेपाली काँग्रेसको आधार केन्द्र हो । यो पालिकामा गत स्थानीय तहको निर्वाचनमा अपवाद बाहेक अधिकाँश पदमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।

पालिका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसबाट क्रमस लेखनाथ पोख्रेल र तुल्सादेवी श्रेष्ठ सहित दुई तिहाई भन्दा बढी स्थानमा नेपाली काँग्रेस एक्लै विजयी भएको थियो ।

तर यो पटक परिस्थिती बदलिएको छ । नेपाली काँग्रेसले आफ्नो पेवा ठान्ने र नेकपा एमालेले आफुले सुधार गरेको दावी गर्ने छत्रदेवमा एक युवा चर्चामा छन्। गाउँमै कृषि व्यवसायबाट बर्षको आधा करोडको हाराहारीमा कारोवबार गर्ने नमूना उद्यमी युवा पशुपति पाण्डेको उम्मेदवारीले छत्रदेव तरंगित भएको छ ।

प्रत्येक घरमा दैनिक कम्तिमा ५ सय देखी १ हजार सम्म आम्दानीको सुनिश्चित गर्नेदेखि निःशुल्क अनि गुणस्तरीय शिक्षा स्वास्थ्यको नारा सहित उम्मेदवारी घोषणा गरेका पाण्डेको उम्मेदवारीले प्रमख राजनीतिक दललाई चुनौति दिएको छ ।

एक जना मतदाताले नाम प्रकाशन नगर्न शर्तमा ‘आफ्नो पार्टी त्याग्न सक्दिन तर एकजना भाईले उम्मेदवारी घोषणा गर्नुभएको छ रे यो पटकको चुनावमा उहाँलाई हेर्ने परिवारमा सल्लाह भएको छ ।’

विवेकशील साझा पार्टी अर्घाखाँचीका संयोजक समेत रहेका पाण्डेका आक्रामक नाराहरुका कारण उनले यसपटक कांग्रेस र एमालेलाई चुनौती दिने भएका छन् ।

यता जीवनमा पहिलोपटक चुनावी मैदानमा उत्रीएका पाण्डे आफू निर्वाचित हुनेमा ढुक्क छन् । ‘हो मसित जनआधार छैन, टोलटोलमा संगठन छैन,’ पाण्डेले भने ‘तर योपटक छत्रदेव बासीको विवेक नै मेरो जितको आधार हो । गाउँगाउँमा मेरो पक्षमा नारा जुलुस नहोलान तर घरघरबाट साथ पाउनेमा ढुक्क छु ।’

‘प्रत्येक घरमा नियमित आम्दानी कम्तिमा दैनिक ५००–१०००, मासिक १५ – २५००० कसरी पुर्याउन सकिन्छ भन्ने कुरा म स्वयं गाउँमै कृषि उद्यमि भएकोले राम्रो सङ्ग थाहा छ । म आफै कुनैपनी राज्यसत्तामा छैन र पनि गाउँको उत्पादन बुटवल, पोखरा र काठमाडौ पुर्याइरहेको छु भने अब यहि दसै देखि बिदेशमा पनि निर्यात गर्ने योजनामा छु । तसर्थ म ४८०० घरमै नियमित आम्दानिको सुनिस्चित गर्नेछु ।’ पाण्डेले भने

प्रत्येक विद्यालयमा टाढाका विद्यार्थीलाई यातायात सुविधा सहित गुणस्तरीय शिक्षाको सुनिश्चितता आफ्नो प्रमुख प्राथमिकता रहने पाण्डेले बताए । ‘गुणस्तरमा अत्यन्तै कमजोर भएको बिधालयमा प्रयाप्त श्रोतसाधन नहुदा पनि आफै प्राईभेट शिक्षकलाई तलब दिएर, आफू स्वयं बिद्यार्थीलाई पढाएर गुणस्तर ल्याउन सफल भएकोले म ढुक्क छु सबै बिधालयलाई प्राइभेट भन्दा राम्रो गुणस्तरीय शिक्षा दिएर टाढाका बिद्यार्थीलाई यातायात सुबिधाको समेत सुनिस्चितता दिनेछु,’ पाण्डेले भने

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  १० : ३८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११