२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

आइपिएल : गुजरात शीर्षस्थानमा उक्लियो



काठमाडौं । राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहिवार मुम्बईमा १९३ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर मात्र १५५ रन बनाउन सक्यो ।

राजस्थानका जोश बट्लरले सर्वाधिक ५४ रन बनाए । यस्तै शिम्रन हिटमायरले २९ रनको योगदान गरे ।

गुजरातका लकी फर्गुसन र यश डायलले समान तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १९२ रनको योगफल तयार पारेकाे थियाे ।

गुजरातका कप्तान हार्दिक पाण्डयले सर्वाधिक अविजित र ८७ रन बनाए । यस्तै अभिनव मनोहरले ४३ रनको योगदान गरे ।

जितसँगै गुजरातले ५ खेलबाट ८ अंक जोडेको छ । राजस्थानले ५ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : ३१ बजे

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा,

३४ वर्षपछि भत्कियो नवलपुर-१ मा कांग्रेसको गढ, ३४ हजार मतान्तरसहित रास्वपाका राजन गौतम विजयी

नवलपुर । करिब तीन दशकभन्दा लामो समयसम्म नेपाली कांग्रेसको प्रभाव

झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

भद्रपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन

खोटाङबाट श्रम संस्कृति पार्टीको खाता खुल्यो, आरेन राई निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत खोटाङबाट श्रम संस्कृति पार्टीले पहिलो

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको ऐतिहासिक सफलता, १२९ क्षेत्रको नतिजा आउँदा १०० सिटमा जीत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मतगणना जारी रहँदा राष्ट्रिय