४ पुस २०८२, शुक्रबार | December 20, 2025

नयाँ वर्षमा गोलपार्क फुड फेस्टिबल



बुटवल । नेपाली नया वर्षको अवसरमा गोलपार्कमा सडक महोत्सव गरि भब्य रुपमा मनाईएको छ ।

तिलोत्तमा नेवा मैजु खलको आयोजना तथा ह्याप्पी क्लबको सहयोगमा विहिबार नया वर्षको स्वागतमा खाना महोत्सव तथा साङ्गितिक कार्यक्रम गरिएको हो ।

कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै आफ्नै परम्परा र सास्कृतिक संरक्षणका अभियानलाई सबैले साथ दिनुपर्ने बताए ।

कार्यक्रममा पोखराको ब्याडको विशेष प्रस्तुती रहेको थियो साथमा स्थानिय आधा दर्जन कलाकारहरुको प्रस्तुती दिएका थिए । कलाकारहरुले नेपाली गितसंगितमा विबोईङ, सास्कृतिक नृत्य लगायत प्रस्तुति दिएका थिए ।

कार्यक्रममा आयोजक खलका अध्यक्ष मिलन श्रेष्ठ ९ मिनु० ले नया वर्षमा संस्कृति भुल्दै गएका नया पिढिका युवाहरुलाई जानकारी दिने गरि कार्यक्रम गरिएको बताईन । खानाका विभिन्न परिकार, सास्कृतिक झाकि, गितहरु समेत प्रदर्शन भएको उनले बताईन ।

कार्यक्रममा वडा नं ३ का कार्यबाहक वडाअध्यक्ष सरस्वती कुवर, खलका सचिव सुनिता श्रेष्ठले पर्व र संस्कृतिको पहिचान हुनेरुपमा प्रचारात्मक कार्यक्रम निक्कै उपलब्धिमुलक भएको बताईन । कार्यक्रममा नेवारी खानाको एउटा स्पेशल स्टलसहित एक दर्जन खानाका परिकारसहित स्टलहरु राखिएका थिए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ८ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको