३० भदौ २०८३, मंगलबार | September 15, 2026

अब एक चुनाव हेरौँ भन्ने समय अवस्था छैन : राजेन्द्र लिङदेन



चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अब फेरि एक चुनाव हेरौँ भन्ने समय नरहेको बताएका छन् । राप्रपा चितवनले आज भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङदेनले ठूला दललाई फेरि जिताएर देश बनाउन खोज्नु भनेको साँढेको टाङमुनी बाल्टी थापेर दूध आउनु जस्तै भएको बताए ।

ठूला भन्ने दलहरूले विदेशीको सहयोग बिना नेपाललाई बनाउन नसक्ने सोचिरहेको भन्दै उनले भने, ‘अब एक चुनाव हेरौं भन्ने समय छैन । जनता कुनै राजनैतिक दलको गोठको वस्तु होइन। साँढेको टाङमुनी बाल्टी थापेर दूध आउँछ रु’

बिहे गरेको भोलिपल्टै अरेबियनको नोकर बन्न नेपालीलाई किन बाध्य बनाएको भनेर ठूला दलहरूलाई उनले प्रश्न गरेका छन् । लिङदेनले कृषिप्रधान देश भन्ने तर किसानले पैसा तिरेर पनि मल किन्न नपाउने अवस्था आउनुमा ठूला दल नै दोषी भएको बताए ।

‘नेपाली युवाले बिहे गरेको भोलिपल्टै अरेबियनको नोकर बन्न किन बाध्य बनाइयो रु’, उनले प्रश्न गरे, ‘कृषिप्रधान देश भन्ने पैसा तिरेर पनि मल बीउ किन्न नपाइने रु चोरीको बाटोबाट ल्याएको मल बीउ किन्नुपर्ने रु’

कसैले उद्योग खोल्न चाह्यो भने सबै दललाई भाग छुट्याउनुपर्ने अवस्था रहेको भन्दै उनले सामान्य कर तिर्न पनि कमिसन खुवाउनुपर्ने बताए । सुकुमबासीलाई एक टुक्रा कागज दिएर दलहरूले मागी खाने भाँडो बनाएको उनको आरोप छ ।

३२ वर्ष एउटै खाले विचार बोकेको दलले देश चलाउँदा सोचेजस्तो परिवर्तन नभएको उनले बताए । ‘३२ वर्षसम्म देश चलाउँदा जनताले देख्न पाउने विकास त टाढाको कुरा, बेरोजगारीको अखडा बन्यो । जसले गर्दा कतिपय गाउँमा मलामी पनि महिला नै जानुपर्छ’, उनले भने ।

उनले अब विकल्प सोच्ने बेला आएको बताए । ‘चुनावलाई ख्याल ख्याल नठानौँ’, उनले भने, ‘भोट दिनुभन्दा अगाडी हजार पटक सोच्नुस्, बाजे–बाउको पार्टी भनेर भोट नदिनुस्, ठिक पार्टी र ठिक नेता चुन्नुपर्छ ।’ गएका चुनावहरूमा ठिक पार्टी र नेता चुन्न नसक्दा देश र जनताले दुःख पाएको उनले बताए ।

 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ६ : ३० बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको