३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

कैलालीमा लोसपा, जसपा र लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल



धनगढी । केन्द्रमा पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले कैलालीमा भने सो गठबन्धन तोड्दै जसपाबाट नै अलग्गिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र अन्य केही साना दलसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ ।

कुनै समय जसपामै रहेका रेशम चौधरी र लक्ष्मण चौधरीले गठन गरेको नेपाल लोकतान्त्रिक पार्टी कैलाली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि गठबन्धनमा सहभागि हुने भएको छ ।

सत्तारुढ गठनब्नधले सुदूरपश्चिम सरकारमा सहभागी नगराएपछि रुष्ट बनेको जसपाले केन्द्रीय गठबन्धनलाई बहिस्कार गरेर अन्य साना दलसँग चुनावी तालमेल गर्नेगरी सहमति भएको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य होरिलाल चौधरीले बताए ।

‘उम्मेदवार जिताउनका लागि मात्रै गठबन्धन गर्ने तर सत्तामा ठूला दलले रजाई गर्ने कुरा हामीलाई मान्य छैन,’ केन्द्रीय सदस्य चौधरीले भने, ‘त्यसैले हामी पाँच दलीय गठबन्धनबाट बाहिरिएका छौं, अब अधिकारका लागि संघर्षरत एजेण्डा मिल्ने दलसँग चुनावी तालमेल हुन्छ ।’ उनका अनुसार कैलालीमा जसपाको नेतृत्वमा चार दलीय गठबन्धन हुनेछ ।

सो गठबन्धनले कैलालीको धनगढी उपमहानगरपालिका बाहेक १२ स्थानीय तहमा उम्मेदवारी दिनेछ । तर, उपमहानगरपालिकाको हकमा भने केन्द्रले नै निर्णय गर्ने उनले बताए । उनले कैलालीमा चार दलीय गठबन्धनमा रहेकाबाहेक अन्य ठुला दलसँग पनि आवश्यकताअनुसार तालमेल हुन सक्ने उनले बताए ।

चुनावका लागि गरिएको चार दलीय गठबन्धनले ठुला दलसँग पनि जिल्लामा आवश्यकताअनुसार गठबन्धन गर्न सक्ने नेपाल लोकतान्त्रिक पार्टी कैलालीका संयोजक लक्ष्मण चौधरीले बताए । ‘तालमेलका लागि एमालेलगायत ठुला दलसँग पनि आवश्यक छलफल भइरहेको छ,’ संयोजक चौधरीले भने, ‘तर कांग्रेस माओवादी र समाजवादी पार्टीसँग भने तालमेल हुने सम्भावना कम छ ।’

विगतमा आफ्ना अधिकारका लागिसँगै लडेका साना पार्टीबीच तालमेल गर्दै ठुला दललाई चुनौति दिइने उनले बताए । तालमेलपछि सबै पालिकामा सहमतिका आधारमा उम्मेदवारी दिइने र जुन पालिकामा जस्ले नेतृत्व पाउँछ उसैको चुनास चिन्ह प्रयोग गरिने चार दलीय गठबन्धनबीच सहमति भएको छ । तर, वडाको हकमा भने जुन पार्टीले वडा अध्यक्ष पाउँछ त्यही पार्टीको चिन्हमा सदस्यले चुनाव लड्नु पर्ने सहमति भएको जसपाका कैलाली अध्यक्ष गयाप्रसाद कुस्मीले बताए । एक साताभित्रै उम्मेदवारी टुङ्गो लगाउने गरी गृहकार्य भइरहेको उनले बताए ।

 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १२ : ५७ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा