२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

रुपन्देही जिल्ला फुटबल संघमा लोक पुन



बुटवल । रुपन्देही जिल्ला फुटबल संघको साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ। एन्फा टेक्निकल सेन्टर देविनगरमा सम्पन्न अधिवेसनबाट लोक पुनको नेतृत्वमा १५ सदस्यसिय नया पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन।

संघको उपाध्यक्षमा सुधिर थापा, मुकेश कुवर, बुद्धि बहादुर गुरुङ, सदस्यमा दिपेश गुरुङ, संजय कार्कि, प्रेम राना, दिपक गुरुङ, सोम बहादुर विक, वसन्त श्रेष्ठ, मनमोहनलाल गुभाजु, शंकर मल्लाह, ललित तिरुवा, पदम थापा र महिला सदस्यमा मोतिकला गुरुङ सर्वसम्मत भएको प्रमुख निर्वाचन अधिकृत सुमन अधिकारीले जानकारी दिए।

निर्वाचन अघि एन्फाको साधारणसभा तथा अधिवेशनको उदघाटन गर्दै रुपन्देही खेलकुद विकास समितिका पुर्व अध्यक्ष योग गुरुङले रुपन्देही जिल्ला सबैखाले खेलमा उर्वभुमि भएको बताए । उनले प्राविधिक समस्याहरुका कारण देखिएको समस्याहरुलाई हटाउदै रुपन्देही एक ढिक्का भएर लाग्नुपर्ने सुझाव दिए।

संघका अध्यक्ष दीर्घ बहादुर केसीले संस्थामा लामोसमय बस्दा संस्थाभन्दा पनि ब्यक्ति विकासमा बढि जोड दिने परिपाटी बस्ने गरेको बताउँदै त्यस्ते परिपाटीको अन्त्य हुनु पर्ने बताए । केसीले वर्तमान नेतृत्व कमिकमजोरीहरुलाई हटाउदै जिल्लाका सबै क्लबहरुलाई समेटेर नया नेतृत्व सर्वसम्मत गर्न सफल भएको भन्दै मिलेर अघि बढ्नुपर्ने सुझाव पनि दिए।

कार्यक्रममा खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले कोभिड १९ को कारण दुई वर्ष बढि समय विश्व प्रभावित भएको दुखेसो गरे। खेल क्षेत्र र खेलाडीको विकासलाई नया आयामका साथ अघि बढ्न सकिने उनले बताए।

कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य हरि श्रेष्ठले रुपन्देही जिल्ला संरचनात्मक रुपमा सम्पन्नशाली हुदाहुदै पनि खेलाडी विकासमा पछि परेको बताए । जिल्लाका सबै क्लबहरु मिलेर खेल विकासमा नमुना काम गर्न जरुरी रहेको भन्दै उनले केन्द्रबाट रुपन्देही जिल्लाप्रतिको दृष्टिकोण सकारात्मक रहेकाले पनि यसलाई सदुपयोग गर्दै नया र रचनात्मक कार्यक्रमहरु बनाउन सुझाव दिए।

कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य लिग कमिटिका डाईरेक्टर संजय मिश्रा, बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य रंजित शेरचन, लन टेनिस संघ रुपन्देहीका सचिव ग‍ोपाल ज्ञवाली, उपाध्यक्ष अर्जुन गुरुङ, भुपेन्द्र बहादुर क्षेत्री, संघका उपाध्यक्ष मुकेश कुवर, महासचिव ल‍‍ोक पुन लगायतले थप जिम्मेवारीका साथ पदाधिकारीहरु अघि बढ्न सुझाव दिए।

 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  २ : ५५ बजे

काठमाडौंमा प्रदूषण बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ ।

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ को

जाँचबुझ आयोगको प्रतिवेदन : गल्ती गर्नेलाई कारबाही सिफारिस

काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाबारे

राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीतिनिर्माण तहमा महिलालाई ल्याउन

बर्दिया १ मा रास्वपाको ठाकुरसिंह थारु निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १