२५ बैशाख २०८३, शुक्रबार | May 9, 2026

रुपन्देही-प्यूठान संम्पर्क मंञ्चको बृहत कार्यकर्ता भेला सम्पन्न



बुटवल । नेकपा एमाले रुपन्देही-प्यूठान संम्पर्क मंञ्चको बृहत कार्यकर्ता भेला आज बुटवलमा सम्पन्न भएको छ । भेलाले बिनोद गिरीको अध्यक्षतामा सर्वसम्मत तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा लक्ष्मी केसी, सचिवमा कृष्णराज पाण्डे र सहसचिवमा लिलबहादुर राना रहेका छन् । यस्तै भेलाले तदर्थ समितिको सदस्यमा कमल खनाल, निर्मल मल्ल, दुर्गा महत, जिवलाल पन्थी, लक्ष्मण राना, बसन्त भट्टराई, शान्तराज रसाइली, चन्द्रप्रकाश गौचन, बिक्रम पन्थी, पदम भण्डारी, थम्मनसिंह परियार, सुरेन्द्र बुढा, सागर क्षेत्री, भरत पुन र प्रकाश हमाल रहेका छन् ।

भेलाको नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सुर्य थापाले उद्घाटन गरेका थिए । त्यस अवसरमा नेता थापाले स्थानिय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई बिजयी बनाउन सम्पर्क मञ्चले प्रभावकारी भुमिका निर्वाह गर्ने बिश्वास व्यक्त गरे ।

उहाँले सम्पर्क मंञ्चले नेकपा एमालेको बिचारलाई जनता माझ पुर्याउने र जनताको पक्षमा राजनितिक र सामाजिक क्रियाकलाप संचालन गरेर स्थापित हुनुपर्ने बताए ।

उहाँले नेकपा एमालेको सरकारले गरेका हरेक कामको बिरोध गर्ने ५ दलिय गठबन्धन अहिले मुलुकलाई बर्वादि तर्फ लैजान उद्धत रहेको बताए ।

कार्यक्रममा पार्टी प्रदेश कमिटि संगठन बिभाग सचिव पुरन गुरुङ, प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय सचिव भरत के.सी. लगायतले बालेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ९ : ४९ बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम