८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रेस चौतारी रुपन्देहीको कल्याणकारी कोषका लागि पत्रकार भण्डारीले दिए ५० हजार



बुटवल । नेपाल-अमेरिका पत्रकार महासंघ (नेजा) का महासचिव सुरज भण्डारीले प्रेस चौतारी नेपाल रुपन्देहीले स्थापना गरेको कल्याणकारी कोषका लागि ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।

बुटवलमा लामो समय पत्रकारिता गरेर हाल अमेरिकामा बसोबास गर्दै आएका भण्डारीले कोषका लागि रकम प्रदान गरेका हुन् । उनी नेपाल पत्रकार महासंघ रुपन्देहीको पुर्व सहसचिव एवं बुटवल टुडे दैनिकका पुर्व सम्पादक समेत हुन् ।

उनले पत्रकारहरुको हकहितका लागि चौतारीले कल्याणकारी कोष स्थापना गरेकोमा खुशी प्रकट गर्दै ५० हजार रुपैयाँ प्रदान गरेका हुन् ।
प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलमार्फत कल्याणकारी कोषका लागि रकम हस्तान्तरण गरिएको हो ।

उनले पत्रकारहरुको हक हित र पेशागत सुरक्षाका लागि जिम्मेवार भएर लाग्न र रचनात्मक काममा सक्रिय हुन सुझाव दिए । प्रेस चौतारी रुपन्देहीका अध्यक्ष पौडेलले संगठनको कल्याणकारी कोषका लागि सहयोग गरेकोमा भण्डारीलाई धन्यवाद थिए ।

त्यस्तै प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य दिपु पोखरेल ज्ञवालीले पनि कल्याणकारी कोषका लागि २५ हजार पाँच सय रुपैयाँ प्रदान गर्ने घोषणा गरेकी छन् । उनले कोष स्थापना गरेकोमा धन्यवाद दिंदै आफूले सहयोग गर्ने बताएकी हुन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ७ : ०७ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा