२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नेपाली सेनाका सबै कमाण्डरलाई प्रधानसेनापतिले दिए निर्वाचन एकीकृत सुरक्षा योजना अक्षरस पालना गर्न निर्देशन



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले ‘स्थानीय तह निर्वाचन-२०७९’ मा नेपाली सेना परिचालन सम्बन्धि निर्देशन दिएका छन् ।

आगामी वैशाख ३० गते हुने ‘स्थानीय तह निर्वाचन-२०७९’ स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरु उचित ढंगले वहन तथा कार्यान्वयन गर्नका लागि प्रधानसेनापति शर्माले नेपाली सेनाका विभागीय प्रमुखहरुको उपस्थितीमा चारवटै कमाण्डका कमाण्ड सेनापतिहरुलाई विशेष निर्देशन दिएको सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाले जनाएको छ ।

उनले चार बुँदे निर्देशन दिएका छन् । आ-आफ्नो जिम्मेवारी क्षेत्रहरुको सुरक्षा स्थितिको निरन्तर मूल्याङ्कन गर्ने, जिल्ला प्रशासन कार्यालयहरु, प्रदेश एवं स्थानीय सुरक्षा निकायहरु तथा जिल्ला निर्वाचन आयोगका कार्यालयहरुसँग असरदार रुपमा समन्वय गरी कार्य गर्ने, देशैभरि नेपाली सेना उच्च सतर्कताका साथ रहने तथा बम डिष्पोजल टोली आवश्यकता अनुसार तयारी हालतमा राख्ने र सरकार तथा निर्वाचन आयोगको कार्यादेश बमोजिम शान्ति सुरक्षा तथा सु(व्यवस्था कायम गरी आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेबारे उनले निर्देशन दिएका हुन् ।

उनले ‘स्थानीय तह निर्वाचन एकिकृत सुरक्षा योजना, २०७८’ मा उल्लेखित नेपाली सेना सम्बन्धी बुँदाहरुलाई अक्षरस पालना गर्न समेत निर्देशन दिएका छन्।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ८ : ५३ बजे

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट