२० मंसिर २०८२, शनिबार | December 6, 2025

माल्दिभ्समा किरण लिम्बू सम्मिलित माजियाको १३ गोल



काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू सम्मिलित माजिया स्पोर्टस्ले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा किरण सम्मिलित माजियाले क्लब भ्यालेन्सियालाई १३  अन्तरले पराजित गरेको हो ।

माजियाको एकपक्षीय जितमा मोहम्मद हाम्जाले एक्लै चार गोल गरे । स्टेवार्ट कर्नेलिउस र हुसन नाइज दुबैले ह्याट्रिक पूरा गरे । यस्तै टानाले दुई गोल गर्दा ऐसामले एक गोल गरे ।

नेपाली टोलीका कप्तान किरणले भने सुरुआती एघारमै खेल्दै आएका छन् । उनले खेल पूरा समयसमेत खेले । जारी लिगमा नौ खेल खेल्दा आठ खेलमा जित र एक खेलमा हार बेहोरेको माजिया २४ अंकसहित शीर्षस्थानमा छ । आठ टोली सहभागी लिगमा माजियाले ३४ गोल गरेको छ भने दुई गोल बेहोरेको छ ।

समान खेलबाट १३ अंक जोडेको पराजित भ्यालेन्सिया तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  २ : १६ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय