१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र निष्काशनको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गर्न लागेको RBBL Debenture, 2089 ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने सम्बनधमा सोमबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका हुन् ।

बैंकले प्रति ऋणपत्र अंकित मूल्य रु.१०००।– दरले कुल ५ अर्ब रुपैंया (५० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ ।

RBBL Debenture, 2089 नामको कुल ५० लाख कित्ता ऋणपत्रमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाइ बिक्री गरिनेछ भने २० लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिनेछ ।

केयर रेटिङ्ग नेपाल लिमिटेडले बैंकलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रयाप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा रहेको संकेत गर्ने CARE-NP A+(Is) रेटिङ्ग प्रदान गरेको छ ।

बैंकले देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ७ : २० बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।