४ असार २०८३, बिहिबार | June 18, 2026

नबिल बैंकले गर्यो स्वास्थ्यमा हुन सक्ने असर न्यूनीकरण गर्न कार्यशाला आयोजना



काठमाडौ । नबिल बैंकले प्रवासी कामदारहरुको स्वास्थ्य अवस्थालाई जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा कार्यशाला आयोजना गरेको छ ।

अप्रील १५, २०२२ मा भिभान्ता होटल ललितपूरमा आयोजना गरिएको उक्त कार्यशालामा ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ल्गेएसर मुख्य प्रस्तुतकर्ताको रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

ला इस्ला नेटवर्क एउटा अनुसन्धान र परामर्ष संस्था हो जसले विश्वभर रहेका कामदार तथा तिनिहरुको समाजमा हुनसक्ने तापक्रम सम्बन्धी रोगहरु जस्तै परम्परागत वाहेकका पुराना मृगौला रोगहरुको रोकथाम गरी समाजबाट मृगौला रोग निर्मुल पार्न काम गरीरहेको छ ।

जलवायु परिवर्तनको समयमा यो संस्थाले कामदारको स्वास्थ्यलाई संबोधन गर्न प्रमाणमा आधारित समाधानहरूको बिकास तथा कार्यन्वयन गर्दै आइरहेको छ ।

प्रवासी कामदार र बिप्रेषण नेपाली अर्थव्यवस्थाको निकै महत्वपूर्ण भाग रहेको छ र यिनै बिषयलाई मध्यनजर राखी नबिल बैंकद्धारा संचालन गरिएको यो कार्यशाला नेपाली बैकिङ्ग क्षेत्रमै पहिलो कार्यशाला हो ।

नबील बैंकले दिगो बिकासका पहलहरूलाई समर्थन तथा कार्यन्वयन गर्दै आइरहेको छ र यो कार्यशाला पनि समाजमा दिगो बिकाशको लागी महत्वपूर्ण रहने विश्वास गरिएको छ ।

उक्त कार्यक्रमलाई नेपाली मुद्रा बिप्रेषक संघको सहयोगमा संचालन गरिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, बैदेशिक रोजगार विभाग, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालय, प्रवासी नेपाली समन्वयन समिती तथा विदेशी कुटनितिक संघ संस्थाहरु लगायतका श्रम मामिलामा आवद्ध विभिन्न संघ संस्थाहरुका उच्च पदस्त अधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यशालाको बारेमा बोल्दै नबिल बैंकका अध्यक्ष, उपेन्द्र प्रसाद पौडेलले ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसनले गर्नुभएको अनुसन्धान तथा बिभिन्न कामहरू नेपाली प्रवासी कामदारको लागि निकै महत्वपूर्ण रहेको र यो अनुसन्धानको निष्कर्ष र समाधानहरूले जलवायु परीवर्तनका कारण नेपाली प्रवासी कामदारहरुको स्वास्थ्यमा पर्न जाने असरलाई समयमै पहिचान गरी सो को आवश्यक समाधान गर्न मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ८ : ४१ बजे

विपद्कै कारण अनाहकमा कसैको ज्यान गएको खबर अब सुन्न नपरोस् : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय

रास्वपाका महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली तयारी हुँदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन । सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन

सरकारी भोगाधिकारको जग्गा लिजमा रुपान्तरण गर्न विभागको पत्राचार

काठमाडौं । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति,

वासिङ्टन र तेहरान बीचको एमओयू सार्वजनिक

एजेन्सी । संयुक्त राज्य अमेरिका र इरानले दुई पक्षबीच इलेक्ट्रोनिक