१५ माघ २०८२, बिहिबार | January 29, 2026

धनगढीमा मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु



धनगढी । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको हो । सुदुरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिता देशकै सर्वाधिक धनराशीको प्रतियोगिता हो ।

पहिलो दिन भएका खेलमा जित हात पार्दै विभागीय टोली नेपाल आर्मी क्लब र सुदुरपश्चिम प्रदेश सेमिफाईनलमा प्रवेश गरेका छन् । नेपाल आर्मी र सुदुरपश्चिम प्रदेशले पहिलो दिनका दुबै खेलमा जित हात पार्दै अन्तिम चारमा स्थान बनाएका हुन् । दुबै टोली बीचको खेलको नतिजाले समुह विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

सोमबार भएको पहिलो खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ९१–३२ ले हरायो भने पाँचौ खेलमा कर्णाली प्रदेशलाई ६९–९ ले किनारा लगायो । तेस्रो खेलमा सुदुरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ६६–२७ ले हराउँदा छैठौं खेलमा गण्डकी प्रदेशलाई ५६–१८ ले हरायो । सोमबार नै भएका खेलमा नेपाल एफिएफ क्लब मधेस प्रदेश पनि विजयी भएका छन् । नेपाल एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई ५३–२२ ले हरायो भने मधेश प्रदेशले बागमति प्रदेशलाई ३६–२९ ले किनारा लगायो ।

प्रतियोगितामा मंगलबार पनि लिग चरणका खेलहरु हुनेछन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भईरहेको छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार उपविजेताले नगद ८० हजार र सेमिफाईनल पुगेका दुई टोली नगद ४० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ ।

यसअघि आज नै प्रतियोगिताको सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकवहादुर रैकाले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ९ : ४१ बजे

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय