६ श्रावण २०८३, बुधबार | July 22, 2026

सत्ता गठबन्धन बैठकः पोखरामा अड्कियो तालमेल



काठमाडौं । सत्तारूढ पाँच दलबीचको चुनावी तालमेल पोखरा महानगरमा पुगेर अड्किएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान दिउँसो र साँझ गरी तीनपटकसम्म बसेको सत्तारूढ गठबन्धनको बैठक साँझसम्म जारी रहे पनि पोखरा महानगरको विषयमा तालमेल नमिल्दा सहमति जुट्न नसकेको हो ।

पोखराबाहेक, काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर र वीरगन्ज महानगरपालिकामा भागबन्डा मिलिसकेको छ । नेताहरूका अनुसार काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले लिने सहमति भएको छ । भरतपुरको मेयर माओवादी केन्द्र र वीरगन्जको मेयर जनता समाजवादी पार्टीले लिने सहमति भइसकेको छ ।

पोखरा महानगरमा भने कांग्रेस र एकीकृत समाजवादी दुवैको दाबी छ । सो महानगरमा सहमति नजुट्दा अन्य सहमति भएका महानगरको विषयलाई समेत सार्वजनिक गरिएको छैन ।

‘६ वटा महानगर र ११ उपमहानगरमा तालमेल’ दिनभर छलफल भयो, पोखरामा कुरा नमिल्दा सहमति भएन, मंगलबार बिहानसम्म सबै महानगर र उपमहानगरमा तालमेल’ ठोस सहमति हुन्छ,’ कांग्रेस उच्च स्रोतले राजधानीसँग भन्यो ।

कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तालमेल’ सत्ता गठबन्धन सहमतिनजिक पुगेको दाबी गरे ।

‘चुनावी तालमेल’ गम्भीरतापूर्वक छलफल गरेका छौं धेरै ठाउँमा भागबन्डा’ सहमतिनजिक पुगिएको छ, त्यसलाई अन्तिम रूप दिन मंगलबार साढे ११ बजे पुनः बैठक बोलाइएको छ,’ मन्त्री कार्कीले भने ।

उनका अनुसार ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडा समेतको वस्तुगत स्थिति’ बैठकमा व्यापक छलफल भएको छ ।
पाँच महानगरमा मेयर उपमेयर कसलाई ?

स्रोतका अनुसार काठमाडौं महानगरमा मेयर कांग्रेसले लिँदा उपमेयर नेकपा एसलाई दिने सहमति भएको छ । ललितपुरमा मेयर उपमेयर दुवै कांग्रेसले लिने सहमति बनेको छ ।

यसैगरी, विराटनगरमा मेयर कांग्रेसले लिने र उपमेयर जसपालाई दिने सहमति गठबन्धनमा बनेको दाबी गरिएको छ । यस्तै, भरतपुरमा मेयर माओवादीले लिने र उपमेयरसहित सबै वडाअध्यक्ष कांग्रेसले निले गरी सहमति गरिएको दाबी गरिएको छ ।

यस्तै, पोखरामा भने कांग्रेस र नेकपा एस दुवैको अडान हुँदा सहमति भएकै छैन । तर, नेकपा एसलाई मेयर दिएर उपमेयर कांग्रेसले लिने गरी सहमति हुने सम्भावना छ । यसैगरी, वीरगन्ज महानगरमा मेयर जसपालाई दिएर उपमेयर कांग्रेसले लिनेगरी उच्च तहमा सहमति भइसकेको छ । तर, पोखरामा सहमति नजुट्दा भागबन्डाको यो मस्यौदा सार्वजनिक गरिएको छैन । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : १२ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज