२० मंसिर २०८२, शनिबार | December 6, 2025

लोकदोहोरी महोत्सवका विजेताले पाए नगद पुरस्कार



काठमाडौं । राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८ का विजेतालाई नगद पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझलाई नगद ५ लाख प्रदान गरिएको छ ।

दोस्रो हुने टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझलाई नगद ४ लाख तथा तेस्रो हुने सरोज सिंखडा र सीता घिमिरे सम्मिलित रेसुंगा दोहोरी साँझ एवं सुरेन्द्र फयाली मगर र संगीता थापा मगर सम्मिलित डालीमा दोहोरी साँझलाई नगद ३ लाख प्रदान गरिएको छ ।

प्रतियोगिता निर्णायक मण्डलका अध्यक्ष पुरुषोत्तम न्यौपानेका अनुसार तेस्रो हुने दुई समूहले आपसी समझदारी गरेकाले तेस्रो र सान्तवना पुरस्कार दुई समूहलाई एकै ठाउँमा पारेर वितरण गरिएको हो ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई निस्शुल्क गीत रेकर्ड गरिदिने समेत महोत्सव आयोजक डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिजले घोषणा गरेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १० : १९ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति