१ चैत्र २०८२, आइतबार | March 16, 2026

देशभर कैदीबन्दीको संख्या २५ हजारभन्दा बढी, कैदीबन्दीलाई छैन मतदानको अधिकार



काठमाडौं । देशभर कुल कैदीबन्दीको संख्या २५ हजार ७२ रहेको छ । कुल कैदीबन्दीमध्ये १ हजार ३ सय ८४ जना विदेशी रहेका छन् ।

कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामचन्द्र सिवाकोटीका अनुसार अहिले देशका विभन्न जेलहरुमा १३ हजार ७३१ पुरुष कैदी र ७८० जना महिला कैदी रहेका छन् ।

यस्तै, देशमा अहिले ९ हजार ९६९ पुरुष र ५९२ जना महिला बन्दीहरु रहेको उनले जनाए । देशका ८ वटा बालसुधार गृहमा ५०३ जना कैदी र ५२५ जना बन्दी रहेका छन् ।

देशका विभिन्न जेलमा रहेका कैदीबन्दीहरुले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाउने विभागका सूचना अधिकारी सिवाकोटीले बताए ।

‘कैदीबन्दीलाई मतदानसमा सहभागी गराएका मैले अहिलेसम्म थाहा पाएको छैन । यसपटकको निर्वाचनमा पनि उनीहरुले मतदान गर्न पाउने छैनन् । यसैकारण उनीहरुको मतदाता परिचयपत्र पनि बनाइएको छैन,’ सूचना अधिकारी सिकाकोटीले न्युज कारखानासँग भने ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ११ : ३८ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन