६ बैशाख २०८१, बिहिबार | April 18, 2024

महानगर-उपमहानगरको तालमेल सहमति नजिक, आज फेरि गठबन्धनको बैठक बस्दै



काठमाडौं । सत्तारुढ पाँच दलबीच महानगर र उपमहानगरमा तालमेलको विषय सहमति नजिक पुगेको छ । आज बिहान बैठक बसेर टुंग्याइने भएको छ ।

गए राति १ बजेसम्म भएको छलफलमा महानगरका विषयमा सहमति भएको जनाइएको छ । कांग्रेस नेता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति नजिक पुगेको बताए ।

उनका अनुसार महानगरका विषयमा भागबण्डा मिलेको छ । ६ वटा महानगरमध्ये तीन वटाको मेयर कांग्रेसलाई दिने र बाँकी तीन महानगरमा नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी ९जसपा०ले पाउने सहमति बनेको छ ।

काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसको भागमा परेको छ । त्यस्तै, भरतपुर माओवादी, पोखरा एकीकृत समाजवादी र वीरगञ्ज जसपाले पाउने सहमति बनेको छ । उपमेयर अर्को दललाई दिने सहमित बनेको कार्कीले बताए ।

यसैगरी, ११ उपमहानगरपालिकामध्ये धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर कांग्रेसलाई दिने प्रस्ताव गरिएको छ । त्यस्तै, जनकपुर उपमहानगर जसपालाई, घोराही र जितपुर सिमरा माओवादीलाई र हेटौंडा उपमहानगर एकीकृत समाजवादीलाई दिने प्रस्ताव गरिएको छ ।

वीरगञ्ज जसापालाई दिएकाले जनकपुर आफूले पाउनुपर्ने कांग्रेसले दाबी गरेको छ । कांग्रेस र जसपाले जनकपुरमा दाबी गरेपछि गएराति सहमति जुट्न नसकेको जनाइएको छ ।

यस विषयमा सहमित जुटाउन आज बिहान ११ बजे फेरि गठबन्धनका शीर्ष नेताको बैठक बस्ने मन्त्री कार्कीले बताए । मंगलबार दुई पटक बैठक बसेको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ७ : १० बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी