२६ असार २०८३, शुक्रबार | July 10, 2026

महानगर-उपमहानगरको तालमेल सहमति नजिक, आज फेरि गठबन्धनको बैठक बस्दै



काठमाडौं । सत्तारुढ पाँच दलबीच महानगर र उपमहानगरमा तालमेलको विषय सहमति नजिक पुगेको छ । आज बिहान बैठक बसेर टुंग्याइने भएको छ ।

गए राति १ बजेसम्म भएको छलफलमा महानगरका विषयमा सहमति भएको जनाइएको छ । कांग्रेस नेता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति नजिक पुगेको बताए ।

उनका अनुसार महानगरका विषयमा भागबण्डा मिलेको छ । ६ वटा महानगरमध्ये तीन वटाको मेयर कांग्रेसलाई दिने र बाँकी तीन महानगरमा नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी ९जसपा०ले पाउने सहमति बनेको छ ।

काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसको भागमा परेको छ । त्यस्तै, भरतपुर माओवादी, पोखरा एकीकृत समाजवादी र वीरगञ्ज जसपाले पाउने सहमति बनेको छ । उपमेयर अर्को दललाई दिने सहमित बनेको कार्कीले बताए ।

यसैगरी, ११ उपमहानगरपालिकामध्ये धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर कांग्रेसलाई दिने प्रस्ताव गरिएको छ । त्यस्तै, जनकपुर उपमहानगर जसपालाई, घोराही र जितपुर सिमरा माओवादीलाई र हेटौंडा उपमहानगर एकीकृत समाजवादीलाई दिने प्रस्ताव गरिएको छ ।

वीरगञ्ज जसापालाई दिएकाले जनकपुर आफूले पाउनुपर्ने कांग्रेसले दाबी गरेको छ । कांग्रेस र जसपाले जनकपुरमा दाबी गरेपछि गएराति सहमति जुट्न नसकेको जनाइएको छ ।

यस विषयमा सहमित जुटाउन आज बिहान ११ बजे फेरि गठबन्धनका शीर्ष नेताको बैठक बस्ने मन्त्री कार्कीले बताए । मंगलबार दुई पटक बैठक बसेको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ७ : १० बजे

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा