१५ माघ २०८२, बिहिबार | January 29, 2026

‘फ्रि फायर गेम’ मार्फत चिनजान गरी १३ वर्षीय बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ



काठमाडौं । फ्रि फायर गेम मार्फत चिनजान भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बस्ने २७ वर्षीय महेश उदाश रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ती बालिकाको अभिभावकले आफ्नी छोरी हराएकोले खोजी गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए । त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौं र मातहत वृत्त तथा प्रभागहरुमार्फत बालिकाको खोजी गर्ने क्रममा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थमा उनी फेला परेकी थिइन् ।

थप अनुसन्धान तथा सोधपुछ गर्दा अभियुक्त महेश उदाशसँग बिगत एक वर्षदेखि फ्रि फायर गेम खेल्ने क्रममा चिनजान भएको, फेसबुक, म्यासेञ्जरमा भिडियो कल तथा म्यासेजहरु मार्फत कुराकानी भई विवाह गर्ने लगायतको आश्वासन दिई गत चैत २९ गते पाल्पाबाट मोटरसाइकलमा काठमाडौं आएको खुलेको थियो ।

गत चैत ३० गते राति काठमाडौं टोखा नगरपालिका–६ स्थित बसुन्धरामा राखी उदाशले बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उदाशमाथि थप अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १२ : १७ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण