१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

कैलालीमा अघोषित लोडसेडिङ, ४२ डिग्री तापक्रममा छट्पटाउँदै नागरिक



धनगढी । कैलालीमा अत्याधिक गर्मी बढेका बेला विद्युत् प्राधिकरणको गर्ने अघोषित लोडसेडिङका कारण नागरिक मारमा परेका छन् । केही दिनयता कैलालीमा तापक्रम उच्च हुँदा विद्युत् कटौति पनि बढ्न थालेको हो ।

नागरिकले विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेको स्थानीय आरोप लगाइरहेका छन् । ‘तराईमा ४२ डिग्रीसम्म तापक्रम पुग्न थालेको छ,’ धनगढी ५ का ईश्वर जोशीले भने, ‘यही बेला विद्युत् प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरिरहेको छ । अत्यधिक गर्मीमा लोडसेडिङ हुन थालेपछि नागरिक मारमा परेका छन् ।’

तर, विद्युत् प्राधिकरणले लोडसेडिङ नगरेको दाबी गरेको छ । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले कैलालीमा नियमित विद्युत आपूर्ति भइरहेको भन्दै अहिले कुनै समस्या नरहेको बताए । प्राधिकरणको दाबीलाई अस्वीकार गर्छन् । ‘ कैलालीभरि नै दैनिकजसो अघोषित रूपमा हुने लोडसेडिङ भइरहेको छ,’ गोदावरी नगरपालिका–२ का लालबहादुर सुनारले भने, ‘नियमित विद्युत् सुचारु नभएको १५-२० दिन भइसक्यो ।’

उनका अनुसार ‘आघा घण्टा बत्ती आउने र १५–२० मिनेट विद्युत कटौती हुने गरेको छ । ‘यो विद्युत प्राधिकरणको अघोषित लोड सेडिङनै हो, जनतालाई त्यसको सूचना लुकाइएको छ,’ सुनारले भने ।

धनगढी–२ का सुशील जोशीले विद्युत प्राधिकरण व्यापारीसँग मिलेको आरोप लगाउँछन् । व्यापारीका इन्भर्टर बिकाउन प्राधिकरणले गर्मी बढेपछि अघोषित लोडसेडिङ गर्ने गरेको उनको आरोप छ ।

‘गर्मीमा झ्याप्प-झ्याप बत्ती कटौती गरेर नागरिकलाई इन्भर्टर किन्न बाध्य पारिँदै छ,’ उनले भने, ‘विद्युत् प्राधिकरणले व्यापारिलाई फाइदा पुग्ने गरी काम गरिरहेको छ ।’

पटक-पटक बिजुली जाने र आउने हुन थालेपछि वैकल्पिक उपकरणको समेत बिक्री बढ्ने र त्यसबाट विद्युत्‌का कर्मचारीले कमिसन खानेगरेको उनको आरोप छ ।

विद्युत प्राधिकरणले गर्मी सुरु भएपछि सधैँ अघोषित लोडसेडिङ गर्ने गरेको धनगढी–५ का अनिल बोहरा पनि बताउँछन् । ‘यसअघिका वर्षहरूमा पनि गर्मी सुरु भएपछि अघोषित लोडसेडिङ हुनेगरेको थियो,’ बोहराले भने, ‘यस वर्ष पनि त्यो समस्या दोहोरिएको छ । कर्मचारीको प्रलोभन र लापरबाहीका कारण यस्तो समस्या आइरहेको छ ।’

बिजुली आउने जाने गर्दा विद्युतीय उपकरणमा समेत क्षति पुग्ने गरेको धनगढीका स्थानीय देवराज अवस्थीले बताए । बिजुली आउने र जाने भइरहँदा पंखा, फ्रिज, बिजुलीका बल्बमा क्षति पुग्ने गरेको उनि बताउँछन् । ‘पछिल्लो समयमा बत्ती आउने–जाने धेरै भइरहेको छ,’ उनले भने, ‘यसले गर्दा विद्यार्थी लगायत अन्य सबै नगरबासीको दैनिक कष्टकर भएको छ ।’

प्राधिकरणले विभिन्न बाहना बनाएर विद्युत् कटौती गर्दा गृहणी, विद्यार्थी, उद्योगी, व्यापारीहरूले समस्या झेल्नु परेको छ भने विद्युत् नभएपछि पंखा, एसी, कुलर लगायतका उपकरण चलाउन नपाउँदा चर्को गर्मी कटाउन मुस्किल परिरहेको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धनगढीका प्रमुख मण्डल भने विद्युत नियमित सुचारु भएको र कुनै लोडसेडिङ नरहेको बताउँछन् । ‘ठाउँठाउँमा सडक निर्माण भइरहेका कारण लाइनविच्छेद गर्नु पर्ने अवस्था आइरहेको छ,’ उनले भने, ‘कतै फ्यूज जाने हुँदा मर्मत गर्नु पर्दछ, त्यसबेला बिजुली गएको हुन सक्दछ, तर लोड सेडिङ भने छैन ।’

उनले कहिलेकाहिँ चमेलिया विद्युत् आयोजनाबाटै बिजुली कटौती हुने गरेको भन्दै त्यस्तो अवस्थामा भने केही समस्या हुने गरेको बताए । तर, चमेलियामा पनि मर्मतका लागि मात्र विद्युत् अवरुद्ध हुने गरेको वितरण केन्द्र प्रमुख मण्डलले बताए ।

 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १ : ५६ बजे

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एबी मलमा

सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता