१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

धनगढीमा स्वतन्त्र उम्मेदवार अघिअघि, कांग्रेस र एमालेको संयुक्त मतभन्दा स्वतन्त्रका हमालको मत बढी



धनगढी । धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको भारी मतान्तरले अगाडि बढेका छन् ।

मंगलबार बिहानसम्म १४ हजार ७३६ मतगणना हुँदा हमालले ६ हजार ५९६ मत ल्याएका छन् । हमाललाई पच्छ्याइरहेका कांग्रेसका नृपबहादुर वडले ३ हजार ३५४ मत मात्र पाएका छन् । एमालेका रणबहादुर चन्दले २ हजार ६७४ मत ल्याएका छन् ।

मेयरमा हमाल जिततिर अगाडि बढेका छन् । वड र चन्दको संयुक्त मत जोड्दा पनि हमालको मत बढी हुन्छ । वड र चन्दको संयुक्त मत ६ हजार २८ मात्र पुगेको छ । धनगढीमा ५२ हजार १८१ सय मत खसेको थियो ।

वड सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन् । उनी धनगढीका निवर्तमान मेयरसमेत हुन् ।

उपमेयरमा गठबन्धन र एमालेबीच प्रतिष्पर्धा हुने देखिएको छ । गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी शान्ति अधिकारीले सुरुवातमा फराकिलो अन्तरले लिड गरेपनि एमालेकी उम्मेदवार कन्दकला राननले अहिले मतान्तर घटाएकी छन् ।

अधिकारीले २ हजार ९४० मत प्राप्त गर्दा रानाले २ हजार ८४५ मत पाएकी छन् । उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभाकर भण्डारीले १ हजार ६४८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ७ : १९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम