२९ भदौ २०८३, सोमबार | September 15, 2026

धनगढीका व्यस्त सडकमा पार्किङ गर्न रोक



धनगढी । धनगढीको मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । सवारी दुर्घटना बढ्न थालेपछि अहिले सडकका छेउछाउमा राखिएका डिभाइडरसमेत हटाउन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वीरेन्द्रसिंह जोहारीले बताए ।

अत्तरिया मोहना छ लेन सडकका छेउछाउमा सवारी पार्किङ गर्न निषेध गरिएको हो । उक्त छ लेन सडकको मुख्य चौराहा चोक, अस्पातल लाइनलगायत अन्य ठाउँमा पनि पार्किङ निषेध गरिएको हो ।

“मुख्य सहरी क्षेत्रको सडकमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर, सवारी दुर्घटना हुनुका साथै सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा सडक क्षेत्रमा पूर्णरूपमा पार्किङ निषेध गरिएको छ”, जोहारीले बताए । अहिले ट्राफिक प्रहरी प्रमुख नयाँ आउनेबित्तिकै कैलालीका धेरै ठाउँमा ट्राफिकले सवारी जाँचमा कडाइ गर्दै आइरहेको छ । जिल्लामा हुने आपराधिक घटनालाई न्यूनीकरण गर्न लागिएको प्रवक्ता वेदप्रकाश जोशीले बताए । रासस

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ९ : ०० बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ