२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

बस दुर्घटना परी बेपत्ता भएका शिशुको शव भेटियो



धनगढी । बस दुर्घटनामा परेर बेपत्ता भएका अछामको कमलबजार नगरपालिकाका १८ महिने शिशुको नदी किनारमा शव फेलापरेको छ ।

कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नम्बरको बस यही जेठ ७ गते डोटीको शिखर नगरपालिका-१ गेरु पानी भन्ने स्थानमा दुर्घटनामा परेको थियो । बस सेती नदी किनारमा खेसेको थियो ।

बस दुर्घटना भएको १५ दिनपछि बेपत्ता बालक अछामको कमलबजार नगरपालिका-६ का १८ महिने शिशु सुजङ्ग शाहीको दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपाल नजिककै नदीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

बालकका परिवारलाई शव बुझाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रूपसिंह थापाले बताए । बस दुर्घटनामा परी मृतक बालकका आमाबुवा सहित १२ जना घाइते भएका थिए ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ६ : २२ बजे

निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमाडौं । कुशल सुरक्षा व्यवस्थापन गरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालबाट

भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

श्रीनगर । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल

पोर्चुगलमा कामदार भिसा बन्द : ठगीधन्धाबाट बच्न अनुरोध

लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा