२९ भदौ २०८३, सोमबार | September 15, 2026

भक्तपुरमा नेकपा एकीकृत समाजवादीको आज उम्मेदारी घोषणा



भक्तपुर । नेकपा एकीकृत समाजवादीले भक्तपुरमा आज उम्मेदवारी घोषणा गर्ने भएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सतारुढ गठबन्धनको नेकपा एसले बुधबार तीन बजे पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्न लागेको हो ।

जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, स्थानीयस्तरमा प्रभुत्व जमाउँदै आएको नेपाल मजदुर किसान पार्टीलगायत कुनै पनि दलले उम्मेदवारी घोषणा गरेका छैनन् । नेपाली कांग्रेस, नेकपा एमाललेलगायतका दलहरूले उम्मेदार हुन चाहनेका सूची संकलन गरी केन्द्रमा पठाएको छ । नेपाल मजदुर किसान पार्टीले भने अरू दलको उम्मेदवार तोकेपछि मात्रै अन्तिममा उम्मेदवारी घोषणा गर्ने जनाएको छ ।

जिल्लामा चार नगरपालिका छन् । पछिल्लो स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका मेयर सोमपसाद मिश्रले आठ हजार पाँच सय १२, उममेयर बीना बास्तोलाले आठ हजार सात सय ७९, भक्तपुर नगरपालिकामा नेकपा एमालेका मेयर विष्णुप्रसाद सुवालले चार हजार दुई सय १८, उपमेयर कृष्णमाया त्वानाबासुले चार हजार ६ सय ३१, सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका मेयर बासुदेव थापाले १२ हजार एक सय ३५, उपमेयर जुना बस्नेतले १२ हजार आठ सय ३२ र मध्यपुर थिमिमा नेकपा एमालेका मेयर मदनसुन्दर श्रेष्ठले १४ हजार मत पाएका थिए ।

मध्यपुरमा एमालेले त्यो बेला नेपाल मजदुर किसान पार्टीसँग मिलेर चुनाव लडेका कारण उपमेयरमा नेपाल मजदुर किसान पार्टीको भागमा परेको थियो । एमालेबाट नै फुटेर नेकपा एस बनेकाले अहिले त्यही एमालेको भोट काटने अनुमान गरिएको छ । एमालेको भोट काटेर एमाले हराउने अभियानमा नेकपा एस लागेको बताइन्छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  २ : २० बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ