२१ भदौ २०८३, आइतबार | September 7, 2026

वीरगन्जमा एमाले र लोसपाबीच गठबन्धन



वीरगन्ज । स्थानीय निर्वाचनमा गठबन्धन गर्नु गलत भएको निष्कर्ष सहित चुनावी दौडमा निस्केको नेकपा एमालेले वीरगन्जमा भने लोकतान्त्रिक समाजवादी पार्टीसँग गठबन्धन गर्ने भएको छ । चुनावी सभाहरुमा एमाले एक्लैले गठबन्धनलाई हराउन सक्ने उदघोष गर्दै हिँडेका एमाले नेताहरुले वीरगन्ज महानगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग गठबन्धन गर्न थालेका हुन् ।

३० वैशाखमा हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् । सरावगी वर्तमान मेयर हुन् । उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए ।

एमाले केन्द्रीय सदस्य अरबिन्द सिंहले वीरगन्जमा लोसपासँग गठबन्धन हुने निश्चित भएको पुष्टि गरे । वडा अध्यक्ष र सदस्यको हकमा टुंग्याउन बाँकी रहेको सिंहले बताए ।

सत्ता गठबन्धनबाट वीरगन्ज मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसको उम्मेदवारी रहने सहमति भइसकेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ९ : ५९ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त