३ पुस २०८२, बिहिबार | December 18, 2025

चीनले नेपाल विरुद्ध नाकावन्दी लगाएको भन्ने आरोप आधारहीन : चिनियाँ राजदूत होउ यान्छी



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपालमाथि ‘नाकाबन्दी नलगाएको स्पष्ट पारेकी छिन् ।

चिनियाँ दूतावासले बिहीबार बिहान काठमाडौंमा आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा राजदूत यान्छीले नाकावन्दीको आरोप आधारहीन भएको बताइन ।

यान्छीले चीन र नेपालबीचको व्यापार हरेक वर्ष बढ्दै गैरहेको तथ्यांक पेश गर्दै नेपालमाथि चीनले नाकावन्दी लगाएको भन्दै केही तत्वले चीन र नेपालबीचको सम्बन्ध बिगार्न प्रयत्न गरिरहेको जिकिर गरिन । राजदूत यान्छीले भनिन, ‘चीन र नेपालबीच १ अर्ब ७७ करोड अमेरिकी डलरको व्यापार भएको छ । यो अघिल्लो समयकोभन्दा ६३ प्रतिशतले बढी हो । यसबाट कथित सफ्ट ब्लकेड भनिने गरेको विषय आधारहीन रहेको देखाउँछ ।’

कोरोना महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने क्रममा सीमा नाकामा पहिलाभन्दा कडाइ गर्नुपरेको उनले जिकिर गरिन । उनले कोरोना महामारीका कारण सिधा हवाई उडान रोकिएको बताउँदै त्यसलाई पुनः सञ्चालन गर्नेबारे छलफल भइरहेको जानकारी दिइन्।

राजदूत होउले नेपालमा सरकार परिवर्तन हुँदा विकास आयोजनाका नीति समेत परिवर्तन हुनेगरेकोमा दुःख व्यक्त गरिन । उनले यस्तो परिवर्तनले चिनियाँ लगानीकर्तालाई निरास बनाएको बताइन । बुढी गण्डकी आयोजना चिनियाँ लगानीकर्ताबाट फिर्ता गरेको प्रसंगमा बोल्दै यान्छीले भनिन, ‘त्यति ठूला आयोजना बनाउन लगानीकर्ताको लामो तयारी हुन्छ तर सरकार परिवर्तन भएसँगै नीति परिवर्तन हुँदा उनीहरूलाई गाह्रो हुन्छ । यस्ता ठूला आयोजना बनाउन नीतिगत निरन्तरता हुनुपर्छ।’ उनले चिनियाँ लगानीकर्ताले नेपालमा समयमै भुक्तानी नपाउने समस्या रहेको पनि बताइन ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ११ : ५१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका