२६ मंसिर २०८२, शुक्रबार | December 13, 2025

तिलोत्तमा-१ को वडा अध्यक्षमा खिमलाल पाण्डेले गरे स्वतन्त्र उमेद्वारीको घोषणा



बुटवल । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रुपन्देहीको तिलोत्तमा-१ बाट खिमलाल पाण्डेले स्वतन्त्र उमेद्वारी दिने भएका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीमा आवद्ध हुँदै आएका उनले आफूले स्वतन्त्र रुपले अध्यक्षमा उमेद्वारी दिने घोषणा गरेका हुन् ।

वडा तहमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत आवद्ध हुँदै आएका उनले पार्टीबाट आफू अलग रहेर स्वतन्त्र रुपमा अध्यक्षको उमेद्वारी दिन लागेको जानकारी गराए ।

तिलोत्तमा-१ शंकरनगरमा विहिबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो जित निश्चित रहेको समेत दाबी गरे ।

विभिन्न ११ बँदे चुनावी प्रतिवद्धताहरु प्रस्तुत गर्दै पाण्डेले राजनीतिक दलहरु भित्र नातावाद र कृपावाद हावी भएका कारण त्यसबाट टाढा रहँदै निस्पक्ष रुपमा जनताको काम गर्न आफ्नो उमेद्वारी रहने उल्लेख गरे ।

२०५४ सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट वडा सदस्य बनेका उनी नेकपा माओवादीहुँदै पछिल्लो ८ वर्ष विप्लव नेतृत्वको माओवादीमा आवद्ध भएका थिए ।

आफ्नो स्वतन्त्र उमेद्वारी घोषणासँगै उक्त पार्टीसँगको आवद्धता समेत टुँगिएर आफू स्वतन्त्र नागरिक मात्रै भएको उनले उल्लेख गरे ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ४ : ४८ बजे

एमालेको ११ औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारी पूरा

‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’

काठमाडौँ । सौन्दर्य व्यवसाय महिलाको सुन्दरतासँग मात्र नभइ उनीहरूको अर्थोपार्जनसँग

उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । उपरथीमा विशेष बढुवा भएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति

विधान संशोधन नगरि सकियो एमाले सचिवालय बैठक

काठमाडौँ । गत भदौ दोस्रो साता भएको विधान महाधिवेशनले पारित