२४ भदौ २०८३, बुधबार | September 9, 2026

तिलोत्तमा-१ को वडा अध्यक्षमा खिमलाल पाण्डेले गरे स्वतन्त्र उमेद्वारीको घोषणा



बुटवल । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रुपन्देहीको तिलोत्तमा-१ बाट खिमलाल पाण्डेले स्वतन्त्र उमेद्वारी दिने भएका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीमा आवद्ध हुँदै आएका उनले आफूले स्वतन्त्र रुपले अध्यक्षमा उमेद्वारी दिने घोषणा गरेका हुन् ।

वडा तहमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत आवद्ध हुँदै आएका उनले पार्टीबाट आफू अलग रहेर स्वतन्त्र रुपमा अध्यक्षको उमेद्वारी दिन लागेको जानकारी गराए ।

तिलोत्तमा-१ शंकरनगरमा विहिबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो जित निश्चित रहेको समेत दाबी गरे ।

विभिन्न ११ बँदे चुनावी प्रतिवद्धताहरु प्रस्तुत गर्दै पाण्डेले राजनीतिक दलहरु भित्र नातावाद र कृपावाद हावी भएका कारण त्यसबाट टाढा रहँदै निस्पक्ष रुपमा जनताको काम गर्न आफ्नो उमेद्वारी रहने उल्लेख गरे ।

२०५४ सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट वडा सदस्य बनेका उनी नेकपा माओवादीहुँदै पछिल्लो ८ वर्ष विप्लव नेतृत्वको माओवादीमा आवद्ध भएका थिए ।

आफ्नो स्वतन्त्र उमेद्वारी घोषणासँगै उक्त पार्टीसँगको आवद्धता समेत टुँगिएर आफू स्वतन्त्र नागरिक मात्रै भएको उनले उल्लेख गरे ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ४ : ४८ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको