७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि



काठमाडौं । साताको अन्तिम कारोबारको दिने नेप्से परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ ।

बुधबार ३६.७३ अंकले गिरावट भएको नेप्से परिसूचक बिहीबार ४.९४ अंक बढेर २३२५.४५ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०६ अंक, फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले बढेको छ ।

बिहीबार कारोबारमा आएका २३१ कम्पनीको ३९ लाख ९१ हजार कित्ता शेयर १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकममा सुधार भएको छ । बुधबार १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

बिहीबार नेप्सेका १३ उपसमूह मध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ वटाको घटेको छ। जसमा अन्य उपसमूहको परिसूचक सर्वाधिक २.०५ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन उपसमूहको १.०४ प्रतिशत बढेको छ । तर यता, निर्जीवन बीमा, वित्त, म्युचुअल फण्ड र बैंकिङ्ग उपसमूहको परिसूचक घटेका छन्।

नेप्से परिसूचकसँगै दुई कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा जाल्पा लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर्सको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको हो । त्यस्तै, घलेम्दी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.३० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा १० करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार गरेर नेष्डो समृद्ध लघुवित्त शीर्ष स्थानमा रहेको छ। नबिल बैंकको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ४ : ४७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई