२१ भदौ २०८३, आइतबार | September 7, 2026

माओवादीको भागमा नेपालगन्ज नपरेपछि मेयरका आकांक्षी नन्दलाल बैश्य राप्रपा प्रवेश



नेपालगन्ज । सत्ता गठबन्धनको निर्णयमा नेपालगन्ज उपमहानगर कांग्रेसको कोटामा परेपछि मेयरको टिकटकालागि अडिएका नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्य माओवादी केन्द्र छाडेर राप्रपा प्रवेश गरेका छन् । माओवादी केन्द्रमा रहेरपनि जनता समाजवादी र राप्रपासँग मेयरको बार्गेनिङ जारी राखेका बैश्यले नेपालगन्जमा मेयर जसपा र माओवादी दुबैले नपाएपछि राप्रपा तिर लागेका हुन् ।

विगतमा कांग्रेस राजनीतिबाट देखिएका बैश्य नेपालगन्ज उद्योग बाणिज्य संघमा बामपन्थीहरुको पल्ला भारी देखिएपछि माओवादीमा प्रवेश गरेका थिए । बामपन्थी र स्वतन्त्र व्यवसायीहरुको बलमा उद्योग बाणिज्य संघको अध्यक्ष बनेपनि बैश्यकै कमजोरीका कारण उद्योग बाणिज्य संघको नाममा भोगाधिकार आएको १० बिगाहा जग्गा सरकारले फिर्ता लगेको थियो ।

माओवादीको संगठित सदस्य रहेर पनि पछिल्लो संसदीय निर्वाचनमा माओवादीका उम्मेदवार दामोदर आचार्यलाई सहयोग नगरेर जनता समाजवादीका मोहम्मद इस्तयाक राइलाई भित्री समथन् गरेको माओवादीहरुले आरोप लगाएका थिए ।

बहालवाला मेयर एवं राप्रपाका उपाध्यक्ष डा. धवलसम्सेर राणाले मेयर पदमा चुनाव नलड्ने घोषणा गरेसँगै नेपालगन्जमा राप्रपाको विरासत जोगाउने अर्को उम्मेदवारको कमी देखिएको थियो ।

 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ५ : ४८ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त