२२ मंसिर २०८२, सोमबार | December 9, 2025

माओवादीको भागमा नेपालगन्ज नपरेपछि मेयरका आकांक्षी नन्दलाल बैश्य राप्रपा प्रवेश



नेपालगन्ज । सत्ता गठबन्धनको निर्णयमा नेपालगन्ज उपमहानगर कांग्रेसको कोटामा परेपछि मेयरको टिकटकालागि अडिएका नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्य माओवादी केन्द्र छाडेर राप्रपा प्रवेश गरेका छन् । माओवादी केन्द्रमा रहेरपनि जनता समाजवादी र राप्रपासँग मेयरको बार्गेनिङ जारी राखेका बैश्यले नेपालगन्जमा मेयर जसपा र माओवादी दुबैले नपाएपछि राप्रपा तिर लागेका हुन् ।

विगतमा कांग्रेस राजनीतिबाट देखिएका बैश्य नेपालगन्ज उद्योग बाणिज्य संघमा बामपन्थीहरुको पल्ला भारी देखिएपछि माओवादीमा प्रवेश गरेका थिए । बामपन्थी र स्वतन्त्र व्यवसायीहरुको बलमा उद्योग बाणिज्य संघको अध्यक्ष बनेपनि बैश्यकै कमजोरीका कारण उद्योग बाणिज्य संघको नाममा भोगाधिकार आएको १० बिगाहा जग्गा सरकारले फिर्ता लगेको थियो ।

माओवादीको संगठित सदस्य रहेर पनि पछिल्लो संसदीय निर्वाचनमा माओवादीका उम्मेदवार दामोदर आचार्यलाई सहयोग नगरेर जनता समाजवादीका मोहम्मद इस्तयाक राइलाई भित्री समथन् गरेको माओवादीहरुले आरोप लगाएका थिए ।

बहालवाला मेयर एवं राप्रपाका उपाध्यक्ष डा. धवलसम्सेर राणाले मेयर पदमा चुनाव नलड्ने घोषणा गरेसँगै नेपालगन्जमा राप्रपाको विरासत जोगाउने अर्को उम्मेदवारको कमी देखिएको थियो ।

 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ५ : ४८ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट