२१ भदौ २०८३, आइतबार | September 7, 2026

इलाममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनावमा लड्ने



इलाम । नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी इलाममा स्थानीय तहको चुनावमा भाग लिने भएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने पार्टीले उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

पार्टीको १४औं जिल्ला कमिटी बैठक पछि उम्मेदवारको नाम सार्वजनिक गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीले इलाम नगरपालिकाको नगर प्रमुखमा फडिन्द्र न्यौपाने र उप–प्रमुखमा नारदमणि साम्पाङ, माई नगरपालिकाको प्रमुखमा युवराज आचार्य र उप–प्रमुखमा अमर राई, देउमाईको नगर प्रमुखमा मोहन बराल, सन्दकपुर गाउँपालिका अध्यक्षमा खड्ग राई, चुलाचुलीको अध्यक्षमा गणेशबहादुर पौड्याल, माईजोगमाईको अध्यक्षमा बेनुप तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

बाँकी पालिका र वडामा उम्मेदवारको चयनको प्रक्रियामा रहेको पार्टीका जिल्ला इन्चार्ज सुमन सिंहले बताए । नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता छैन । त्यसैले नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव भिड्नेछन् ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ६ : ०९ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त