३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

विप्लव नेतृत्व नेकपा माओवादीद्वारा वर्तमान सरकार भंग गरी सर्वपक्षीय सरकार गठनको माग



बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सुशील कार्की नेतृत्वको वर्तमान सरकार भंग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ । राष्ट्रिय संकट गहिरिँदै गएको भन्दै त्यसको निकासका लागि सर्वपक्षीय सरकार गठन गरी संविधान पुनर्लेखन तथा जेनजी आन्दोलनका माग सम्बोधन गर्नुपर्ने पार्टीको धारणा रहेको छ ।

मेची-महाकाली अभियानअन्तर्गत पश्चिमबाट सञ्चालन भइरहेको समाजवादी जागरण अभियान पश्चिम कमान्डले बुटवलमा पत्रकार सम्मेलन गर्दै देशमा वैदेशिक हस्तक्षेपका विभिन्न खेल भइरहेको आरोप लगाएको छ । वर्तमान राजनीतिक संरचनाले जनताको अपेक्षा पूरा गर्न नसकेको र त्यसबाट मुलुक थप संकटतर्फ धकेलिएको दाबी गर्दै पार्टीले सर्वपक्षीय सरकार नै अहिलेको प्रमुख समाधान भएको बताएको हो ।

अभियानका पश्चिम कमान्ड प्रमुख प्रेम दर्लान ‘सी’ ले जेनजी आन्दोलनको भावना र जनआकांक्षाअनुसार नयाँ सर्वपक्षीय सरकार गठन हुनुपर्ने बताए । “वर्तमान अन्तरिम सरकारलाई भंग गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नु अहिलेको मुलुकको निकास हो,” उनले भने । उनले संविधान पुनर्लेखनमार्फत राज्य संरचनामा आमूल परिवर्तन आवश्यक रहेको पनि जोड दिए ।

पार्टीले विभिन्न १३ बुँदे माग राखी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ज्ञापनपत्र समेत बुझाइसकेको दर्लानले जानकारी दिए । ती मागहरूमा राजनीतिक स्थिरता, राष्ट्रिय स्वाधीनता, युवाको भविष्यसँग जोडिएका मुद्दा तथा जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरू समेटिएको उनको भनाइ छ ।

पश्चिम महेन्द्रनगरबाट सुरु भएको समाजवादी जागरण अभियान बर्दिया, बाँके, दाङ र कपिलवस्तु हुँदै विभिन्न कार्यक्रम तथा जनभेटघाट गर्दै रूपन्देही आइपुगेको हो । अभियानका क्रममा पार्टीले स्थानीय स्तरमा जनसभा, अन्तरक्रिया तथा राजनीतिक छलफलका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

नेकपा माओवादी रूपन्देहीका नेता वीरेन्द्र ‘सी’ का अनुसार अभियानले शनिबार रूपन्देहीका तीन स्थानमा कार्यक्रम गर्नेछ । त्यसपछि अभियान टोली मकवानपुरको हेटौंडासम्म पुग्ने योजना रहेको उनले बताए ।

पार्टीका अनुसार पूर्वबाट पनि अर्को टोली हेटौंडा पुग्नेछ र त्यहाँ दुवै टोलीको सहभागितामा वृहत् कार्यक्रम आयोजना गरिनेछ । उक्त कार्यक्रममार्फत पार्टीले आफ्नो राजनीतिक धारणा, माग र आगामी संघर्षका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ३ : ५८ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६