३ बैशाख २०८३, बिहिबार | April 17, 2026

दोस्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता २०७९ अन्तिम चारमा प्रिन्स, दिपेश, प्रफुल र विष्णु



बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को मेन्स सिगलमा अन्तिम चारको टुगो लागेको छ ।

बिहिबार भएको खेलमा यु १९ को विश्व वरियतामा पहिलो नम्बरका खेलाडी प्रिन्स दाहालले क्वाटरफाईनल खेलमा त्रिभुवन आर्मी क्लबका गोकुल जोरालाई २१–१३, २१–१५ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन ।

यसैगरि नेपालका नम्बर एक खेलाडी एपीएफका दिपेश धामी पनि मेन्स सिगलको अन्तिम चारमा पुगेका छन । विभागिय त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनलाई २१–१८, २१–१२ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन । यसैगरि त्रिभुवन आर्मी क्लबका प्रफुल मर्हजन र नेपाल पुलिस क्लबका विष्णु कटुवाल पनि आआफनो खेलमा जित निकाल्दै अन्तिम चारको भेट पक्का गरेका छन ।

विहिबार भएको मेन्स डबल्स भेटान्स ४५ प्लसतर्फको खेलमा बुटवल ब्याडमिन्टनका बि सिह बिष्ट र एम बहादुर रानाको जोडीले पाल्पाका अनिल रसाईली र रितेश थापाको जोडीलाई २१–१३, १६–२१, २१–११ को सेट, शंकरनगरका पुर्ण राना र बसन्त थापाको जोडीले नवलपरासीका कर्ण बिक र तिर्थ चौधरीको जोडीलाई २१–८, २१–१२ को सोझो सेट, बुटवल ब्याडमिन्टनका दीप आचार्य र धिरज क्षेत्रीको जोडीले गुल्मीका प्रितम काउचा र नवराज श्रेष्ठको जोडीलाई २१–१९, २१–१० का सेट तथा भैरहवा ब्याडमिन्टनका पुर्णबिर बज्राचार्य र शरद प्रसाद बश्यालको जोडीले बुटवलका सुमन भट्टराई र प्रेम चौधरीको जोडीलाई २१–१२, २१–१४ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । बुटवलकै अर्जुन कार्की र भरत राना तथा नारायण केसी र डिबि रायमाझीको जोडी पनि बाई पाएर दोस्रो चरणमा प्रवेश गरेका छन ।

यसअघि भएको मेन्स सिगलतर्फको खेलमा आर्मीका रुकेश महर्जनले कास्कीका बिधान अधिकारीलाई २१–८, १९–२१, २१–१८ को सेट, त्रिभुवन आर्मीकै गोकुल जाराले एपीएफका सुमन लिम्बुलाई २१–१८, १८–२१, २१–१४ को सेट, आर्मीकै प्रफुल महर्जनले बुटवल ब्याडमिन्टनका डेबिड थापामगरलाई २१–१४, २१–१० को सोझो सेट, होटल फलामिन्गोका सुदिप सेढाईले बुटवल वाटरपार्कका अरबिन श्रीपालीलाई २१–१४, २०–२२, २१–१७ को सेट, नेपाल पुलिस क्लबका सुनिल जोशीले बुटवल ब्याडमिन्टनका कृश नेपाललाई २१–१०, २१–६ को सेट, पुलिसकै विष्णु कटुवालले बुटवल ब्याडमिन्टनका गणेश रायमाझाीलाई २१–१७, १७–२१, २१–१९ को सेटमा पराजित गरेका थिए ।

प्रतियोगिताको मेन्स सिगल र मेन्स डबल्सतर्फ प्रथम पुरस्कार ५० हजार रुपैया, द्घितिय ३० र तृतियलाई २० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि भेट्रान्स ४५ वर्ष माथि उमेर समुह र महिला सिगलमा प्रथमलाई ३० हजार रुपैया, द्घितिय २० र तृतियलाई १० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि ५५ वर्षमाथि उम्र समुहको प्रथमलाई २० हजार रुपैया, द्घितिय १५ हजार र तृतियलाई १० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने प्रतियोगिताका संयोजक शम्भु भट्टराईले बताए । प्रतियोगिताको सुपर भेटान्स खेलहरु शुक्रबारदेखि हुने उनले बताए ।

 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ८ : ३६ बजे

प्रधानमन्त्री समक्ष मुख्यमन्त्रीहरुको गुनासो : कर्मचारी अभावदेखि असहयोगसम्म

काठमाडौँ । प्रदेश सरकारका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष प्रदेश सरकारका

इन्धनको मूल्यवृद्धिसँगै भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

खजुरा गोल्डकप : एपिएफलाई तिन गोल गर्दै नाइजेरियन जोन क्लब सेमिफाइनलमा

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

रुपन्देहीबाट नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा नक्कली नेपाली नोटको अबैध

कांग्रेस बैठक : कार्की जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, अर्को न्यायिक आयोगको माग

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की