१४ असार २०८३, आइतबार | June 28, 2026

तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगल र डबल को उपाधी एपीएफको पोल्टामा



बुटवल । बुटवल ब्याडमिन्टन क्लबद्वारा आयोजित “तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबल को उपाधी ए.पी.एफ को पोल्टामा रहेको छ । मेन्स सिंगल तर्फ राष्ट्रिय रेङ्किङ खेलाडी प्रिन्स दाहालले ए.पि.एफ. कै क्षितिज खनाल लाई हराउदै उपाधी चुनेका हुन ।

त्यस्तै मेन्स सिंगल तर्फ आर्मीका हिमाल चन्द र ए.पि.एफ.का देवराज राना तृतिय भएका छन् । त्यस्तै मेन्स डबल तर्फ ए.पि.एफ.का भोज बहादुर गुरुङ्ग र प्रनिश सिंह ठकुरीले उपाधी जितेका छन । उनीहरुले लाफा ब्याडमिन्टन क्लवका बलराम क्षेत्री र विवेक न्यौपानेलाई हराउदै उपाधी चुनेको हुन । मेन्स डबल तर्फको तृतिय आर्मीका प्रविन लिङ्गथेप र विधान अधिकारी तथा हिमाल चन्द र सन्तोष पनेरु भएका छन् । सुपर भेट्रान्स ५५ वर्ष माथीको खेलमा लाफा ब्याडमिन्टन क्लवका राजु गुरुङ्ग र सुदिप योञ्जनको टिमले तिलोत्तमा ब्याडमिन्टन क्लवका बुद्धि चौधरी र डिल बहादुर कन्डवालाई हराउदै उपाधी रक्षा गरेको हुन ।

प्रतियोगितामा न्यू लम्बिनी क्लवका बलराम पन्थी र खगेन्द्र तथा तण्डेरी ब्याडमिन्टन क्लवका प्रेम गुरुङ्ग र विष्णु लाल श्रेष्ठ तृतिय भएका छन् । त्यस्तै भेट्रान्स ४५ वर्ष माथीकोमा अनिल लाखे र सम्भु कुमार श्रेष्ठले कास्कीका राजु गुप्ता र राजेन्द्र वागलेलाई हराउदै उपाधी चुनेको हुन । प्रतियोगितामा बुटवल ब्याडमिन्टन क्लवका दिलिप गौचन र महेश नेपाल तथा पि.एस.बि.सी.का रवी होना र इन्द्र थापाको टिम तृतीय भएका छन् ।

प्रतियोगिताको मास्टर भेट्रान्स ६० वर्ष माथीकोमा तण्डेरी ब्याडमिन्टन क्लवका प्रेम प्रसाद गुरुङ्ग र विष्णु लाल श्रेष्ठको जोडीले तण्डेरी ब्याडमिन्टन क्लवका डिल पुन र श्याम कृष्ण श्रेष्ठलाई हराउदै उपाधी चुनेको हुन ।

प्रतियोगितामा काठमाण्डौँका पूर्ण चन्द्र जोशी र सुरेश चन्द्र श्रेष्ठ तथा भैरहवाका गणेश क्षेत्री र महेन्द्र श्रेष्ठको जोडी तृतिय भएका हुन । प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबल तर्फ विजेता उप विजेता र तृतिय हुनेले कमशः पचास हजार, तीस हजार र दश हजार नगद सहित मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् । भेट्रान्स ४५ वर्ष माथीकोमा विजेता उप विजेता र तृतिय हुनेले कमशः चालिस हजार, तीस हजार र दश हजार नगद सहित मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् । सुपर भेट्रान्स ५५ वर्ष माथीकोमा विजेता उप विजेता र तृतिय हुनेले कमशः पच्चीस हजार, पन्ध्र हजार र पाँच हजार नगद सहित मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् ।

मास्टर भेट्रान्स ६० वर्ष माथीकोमा विजेता उप विजेता र तृतिय हुनेले कमशः पन्ध्र हजार, दश हजार र पाँच हजार नगद सहित मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा विजेता तथा उप विजेतालाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, क्लवका अध्यक्ष पंकज किशोर ज्ञवाली, कार्यक्रम संयोजक शम्भ भट्टराई, सह संयोजक बालदर गोदार, सचिव भानुभक्त खत्री, कोषाध्यक्ष राजु खरेल क्लवका पूर्व अध्यक्षहरु लगायतको उपस्थितीमा पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ८ : ४७ बजे

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक