२२ भदौ २०८३, सोमबार | September 7, 2026

पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिपछि गण्डकीमा तरंग, सम्भव छ एमालेको सरकार ?



पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बिहीबार पोखराको मेयर/उपमेयरको टिकटबारे छलफल हुँदा सांसदलाई रोक्ने प्रयास गरे । उनले एउटा अभिव्यक्ति दिएका छन्, ‘जुन सुकै बेला गण्डकीको सरकार ढल्न सक्छ । र एमालेले त्यसको नेतृत्व गर्नुपर्छ । त्यसैले सांसदलाई मेयरको टिकट दिन हुँदैन ।’ उनको यो अभिव्यक्तिले गण्डकी प्रदेशमा तरंग आएको छ ।

एमाले निकट केही नेताहरुले नै उनको अभिव्यक्ति भन्दै ४८ घण्टाभित्र सत्तारुढ दलका ३ सांसदले राजीनामा दिन लागेको सामाजिक सन्जालमै लेखेका छन् । ‘नेकपा एमाले सचिवालय बैठकमा विशेष श्रोतका अनुसार उपमहासचिव कमरेड पृथ्वीसुब्बा गुरूङले ४८ घण्टाभित्र अन्य दलका ३ जना सांसदले राजीनामा दिने र आफ्नो नेतृत्वमा सरकार बन्ने रिपोर्ट गर्नुभएअनुसार पार्टीले कुनै प्रदेश संसदलाई मेयर उठाउन नहुने प्रस्ताव गर्नुभएको छ,’ एमाले निकट इन्जिनियरहरुको संस्था पीनका केन्द्रीय नेता ध्रुव भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

उपमहासचिव गुरुङले समेत जुनसुकै अवस्थामा सरकार ढल्न सक्ने बताए । ‘सर्वोच्चले विकल्प रहँदासम्म सरकार बन्न दिनुपर्छ र चुनावमा जान दिनुहुँदैन भनेर फैसला गरेको छ । त्यो हेर्दा गण्डकीमा छिटै एमालेको सरकार बन्न सक्छ,’ उनले भने, ‘अहिले सांसदलाई राजीनामा गराएर मेयरमा पठाउँदा समस्या हुन्छ । त्यसैले सांसदलाई टिकट दिन हुँदैन ।’ तर एमालेले नै भरतपुरमा बागमति प्रदेश सांसदलाई मेयर टिकट दिने पक्का भएको छ ।

उनले संसदबाट राजीनामा दिइसकेका छन् ।

‘बागमतीमा जति गरेपनि एमालेको सरकार बन्दैन । गण्डकी र लुम्बिनीमा त्यो सम्भावना जिवित छ,’ उनले अघि भने, ‘अरु प्रदेशमा जे सुकै होस् । लुम्बिनी र गण्डकी विशेष ख्याल गर्नुपर्छ ।’ तर उनको अभिब्यक्तिले खासै प्रभाव पार्ने सम्भावना छैन । किनकी गण्डकी सरकार संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेको हो । संविधानतः यही सरकार अन्तिम हो । यदी यो सरकार ढले संसद विघटन हुन्छ र ६ महिनाभित्र चुनावको मिती घोषणा गरिन्छ ।

उनको अभिव्यक्तिपछि सत्तारुढ दलहरु सचेत भएका छन् । दलका नेताहरुले आफ्ना सांसद खोजी गर्न थालेका छन् । यहाँ जेठ २९ गते गुरुङ नेतृत्वको एमाले सरकार ढलेर गठबन्धनको सरकार बनेको हो । तर निकै झिनो बहुमतमा । ५९ सांसद रहेको यहाँ सरकारको समर्थनमा सभामुख सहित ३२ सांसद छन् । एकजनाले छोड्ने वित्तिकै सरकार ढल्छ ।

पोखराको मेयरमा एमालेबाट प्रदेश सांसदहरु कृष्णबहादुर थापा र राजीव पहारीको नाम केन्द्रमा सिफारिस भएको छ । उपमहासचिव गुरुङले थापालाई टिकटबाट रोक्न फण्डा गरेको आरोप एकाथरीको छ भने अर्कोथरीले समर्थन गरेका छन् । यहाँको मेयर उपमेयरमा ३/३ जनाको नाम मतदान प्रक्रियाबाट टुंग्याउन लागिएकोमा अन्तिम अवस्थामा सबैको नाम सिफारिस गरिएको हो ।

कास्कीमा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकराव छ । थापा अधिकारी गुटमा खुलेका कारण गुरुङले उनलाई रोक्न लागेको दाबी उक्त पक्षको छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ६ : २० बजे

अवतरणका क्रममा अमेजन एयरको विमान दुर्घटनाग्रस्त, पाँचको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो

बार्सिलोनाको विजयी यात्रा कायमै, भ्यालेन्सियामाथि ५-० को शानदार जित

काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार