५ पुस २०८२, शनिबार | December 20, 2025

सूर्य नेपाल च्यालेन्ज : भुवन फाइनल चरणमा



काठमाडौं । भुवन नगरकोटी रोयल नेपाल गल्फ क्लबको पार(६८ मा जारी सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गतको छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको बिहीवार भएको खेलमा राम्रो अग्रता लिँदै फाइनल चरणमा प्रवेश गरेका छन्।

नगरकोटी तेस्रो राउण्डमा ६-अन्डर ६६ को उत्कृष्ट पारी खेल्दै कुल ११अण्डर १९३ को स्कोर बनाएर दुइ-अण्डर ६६ को राउन्ड खेल्दै कुल १०-अण्डर १९४ बनाएका भुवन कुमार रोक्का भन्दा एक स्ट्रोक अगाडि रहे।

यस्तै सञ्जय लामाले कुल इभन पार-६८ को कार्ड खेल्दै कुल ८ अन्डर १९६ को स्कोर बनाए। दिनेश प्रजापति र भेटेरान प्रो दिपक मगरले सात-अन्डर १९७ मा बराबरी गरे। दिनेशले चार-अन्डर ६४ को राउण्ड खेले भने दीपकले एक-अन्डर ६७ को कार्ड खेले।

एमेच्योर सुवास तामाङले ६-अन्डर १९८ को कुल स्कोरका लागि तीन-अन्डर ६५ को राउण्ड खेले। निरज तामाङ आज दुई-अन्डर ६६ को राउण्ड खेल्दै पाँच-अन्डर १९९ को कुल स्कोरमा छन्। त्यस्तै तीन-अन्डर २०१ मा रहेका जयराम श्रेष्ठले दुइ-अन्डर ६६ राउण्ड खेले। धन बहादुर थापाले आज इभन-पार खेल्दै एक-अन्डर २०३ को कुल स्कोरका बनाएका छन्।

तीन खेलाडी राजेन्द्र थापा मगर, रामे मगर र सूर्यप्रसाद शर्मा ५४ होल पछि इभन–पार २०४ मा रहेका छन्। राजेन्द्रले आज सात-अन्डर ६१ को स्कोर बनाएर प्रतियोगिताकै उत्कृष्ट कार्ड खेले भने रामेले आज इभन-पार ६८ को कार्ड खेले। तर आजको दिन सात-ओभर ७५ खेलेका सूर्यका लागि भने बिर्सन लाएक दिन बन्यो।

यस्तै पहिलो दिनको लिडर रवि खड्का ६-ओभर ७४ को पारी खेल्दै कुल एक-ओभर २०५ मा रहे। रमेश अधिकारी ९६७०, पशुपति शर्मा ९६९० र प्रदीपकुमार लामा ९७१० ले कुल तीन-ओभर २०७ को बराबरीमा रहेका छन्।

आजको दिन अग्र स्थानमा रहेका नगरकोटीले आफ्नो बोगी-रहित पहिलो नौ होल मध्ये तेस्रो होलमा एउटा बर्डी खेल्दै एक-अन्डर ३३ को स्कोर बनाए भने पछिल्लो नौ मध्ये १०औं, १५औं र १७औं होलमा बर्डी र १३औं होलमा एज थप्दै पाँच-अन्डर २९ को स्कोर बनाए।

दिनको सुरुवातमै पार-५ को पहिलो होलमा र पार-३ को तेस्रो होलमा डबल बोगी थपेका रोक्काले भने चौथो र पाँचौं होलमा बर्डीसहित पुनरागमन गर्दै पहिलो हाफमा एक-ओभर ३५ को स्कोर बनाए। दोस्रो हाफमा उनले १३औं, १४औं र १८औं होलमा बर्डी बनाउँदै तीन-अन्डर ३१ को स्कोर बनाए।

सञ्जयले पहिलो हाल्फमा तेस्रो र छैठौं होलमा गरेका बोगीका विरुद्ध पहिलो, चौथो र आठौँ होलमा बर्डी बनाउँदै एक-अन्डर ३३ को स्कोर बनाए भने पछिल्लो नौ मध्ये १३औं र १५औं होलका बोगीका विरुद्ध १०औं होलमा एक मात्र बर्डी खेल्दै एक-ओभर ३५ को स्कोर बनाए।

दिनेशले नवौं र तेरौं होलमा गरेका बोगी विरुद्ध पाँचौं, सातौं, आठौं, दसौँ, एघारौँ र अठारौं होलमा बर्डीसहित दुवै हाल्फमा समान दुई-अन्डर ३२ को स्कोर बनाए।

अनुभवी प्रो दीपकले तेस्रो र सातौं होलका बोगीहरूका विरुद्ध चौथो र नवौं होलको बर्डीजको सहायताले अघिल्लो नौमा समान पारी खेले। पछिल्लो नौमा उनले १०औं, १३औं, १४औँ र १८औं होलमा बर्डी खेले भने ११औँ, १५औँ र १७औं होलमा ड्रप गर्दै वान-अन्डर ३३ को स्कोर बनाए।

एमेच्योर सुवासले पहिलो र चौथो होलमा बर्डी खेल्दै अघिल्लो नौमा कुल दुई-अन्डर ३२ बनाए। पछाडिको नौमा उनले ११औं र १३औं होलमा गरेको बोगीको बिरूद्ध १४औं होलमा बर्डी खेल्दै वन-अन्डर ३३ बनाए।

एमेच्योरतर्फ सुरेश तामाङ कुल ११-ओभर २१५ स्कोर बनाइ धेरैको फरकले दोस्रो भए भने, शास्वत प्रधान १२-ओभर २१६ बनाई तामाङ भन्दा एक स्ट्रोक पछाडि रहे। यसैगरी हरि थापा र गजेन्द्र गुरुङले १४-ओभर २१८ र अजित विकले १६-ओभर-२२० को कुल स्कोर बनाए।

नेपाल पीजीएले सूर्य नेपालको प्रायोजनमा आयोजना गरेको चार दिने प्रतियोगितामा ३८ प्रो र २२ एमेच्योर गरी कुल ६० खेलाडीले भाग लिइरहेका छन्। २२ प्रोफेसनल र ६ एमेच्योर खेलाडी अन्तिम दुई राउण्डका लागि छनोट भएका छन्। प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले  ६५ हजार, तृतीय हुनेले ४६ हजार र उत्कृष्ट २१मा परेका व्यावसायिक खेलाडीले नगद पुरस्कार जित्ने यो खेलमा कुल ५ लाख ४५ हजारको पुरस्कार राशि रहेको छ।

 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ८ : २१ बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल

देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत