१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

अमेरिकी सांसद र नेपाल–अमेरिका संसदीय मैत्री समूहबीच अन्तरक्रिया



काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका अमेरिकी सांसदहरुले एमसीसी सम्झौंता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन् ।

नेपाल–अमेरिका संसदीय मैंत्री समूहसँग शनिबार काठमाडौंको एक होटलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदहरुको तर्फबाट प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नविकरण ऊर्जा नेपालको विकासका लागि अति महत्वपूर्ण स्रोत भएको कुरा आफूहरुले राखेको र त्यसमा पनि सहयोग गर्ने कुरा अमेरिकी सांसदहरुको टोलीले राखेको समूहका संयोजक डा. मिनेन्द्र रिजालले जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा अमेरिकी सांसदहरुले संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाले पु¥याएको योगदानको मुक्तकण्ठले प्रशंशा गरेका थिए भने नेपालको विपद व्यवस्थापनमा आवश्यक सहयोगलाई निरन्तरता दिने बताएका थिए ।

समूहका संयोजक डा. भने, ‘नेपालको समृद्धिका लागि, नेपालको जनजीविकाको लागि र नेपालको समावेशी विकासका लागि सहयोग पु¥याउने क्रममा दुवै पार्टीका सांसदको सहयोग रहनेछ, जुनसुकै सरकार भएपनि । त्यो सहयोग निरन्तर रुपमा रहनेछ भन्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । नेपालको भौतिक पूर्वाधार निर्माणका लागि, नेपालको पर्यटन क्षेत्रको विकासका लागि र स्वच्छ र नविकरण ऊर्जाका लागि नेपाल अत्यन्तै महत्वपूर्ण स्रोत भएको देश हुन सक्दछ, दक्षिण एशियाका लागि भन्ने कुरा हामीले राख्यौं । त्यसमा उहाँहरुले सन्तोष व्यक्त गर्नुभयो । अनि नेपालमा विपद व्यवस्थापनका लागि अमेरिकाको सेना र रक्षा मन्त्रालयले पु-याएको सहयोगको बारेमा कुरा गरियो । र, उहाँहरुले नेपाली सेनाले शान्ति स्थापनार्थ खेलेको भूमिकाको मुक्तकण्ठले प्रसंशा गर्नु भयो ।’

दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष प्रवेश गर्न लागेको अवसरमा अमेरिकी सांसदहरुले नेपाल भ्रमण गरेका हुन् टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटगरी द्धिपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ३ : ०९ बजे

भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

काठमाडौं । भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको

नेपाललाई आपतकालीन सहयता र अन्तराष्ट्रिय उद्दारमा सघाउने चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय

बेइजिङ । चीनले केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

काठमाडौं । सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५

अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक