१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

बुटवलमा एमालेबाट बावुराम भट्टराई र साबित्रा अर्याल उम्मेदवार बन्ने पक्का, विष्णु पौडेललाई लाग्यो अर्को धक्का



बुटवल । नेकपा एमालेले बुटवल उपमहानगरको नगर प्रमुखमा बावुराम भटराईलाई उठाउने निर्णय गरेको छ।

पार्टीको सचिवालय बैठकले औषधी व्यवसायी भटराईलाई नगर प्रमुख र पार्टी केन्द्रिय सदस्य सावित्रा अर्याललाई उप प्रमुखमा उठाउने निर्णय गरेको हो।

जिल्ला कमिटीको सिफारिसबाटै वर्तमान नगर प्रमुख शिवराज सुबेदी रिङ आउट भएपछि बुटवलमा मेयरको उम्मेदवार को बन्ला भन्ने चासो बढेको थियो । अर्का आकाँक्षि गोपाल रानाको नाम अन्तिम टुँगोमा पुगेको चर्चा चलेपनि अन्ततः सचिवालय बैठकले भट्टराई र अर्यालको नामका टुंगो लगाएको हो ।

लुम्विनी प्रादेशिक अस्पतालमा कार्यरत रहदा भुमिगत रहेका एमाले नेता कार्यकर्ताहरुको उपचार गर्ने क्रममा भट्टराई तत्कालिन मालेको सम्पर्कमा आएका थिए ।

पार्टी संगठन भन्दा पार्टीलाई आर्थिक सहयोग जुटाउने र व्यवसायमा सक्रिय देखिएका भट्टराई ३५ वर्षको उमरमै औषधि व्यवसायी संघको लुम्बिनी प्रदेश अध्यक्ष बनेका थिए।

एमाले विरासत जोगाउने जिम्मा पाएका भट्टराई र काँग्रेसबाट सिफारिसमा परेका खेलराज पाण्डे भेगिय हिसावले एकै स्थान स्याङ्जाका भएकाले बुटवलमा बसोबास गरिरहेका पूर्व स्याङ्जालीहरुको मत बिभाजन हुने आंकलन गरिएको छ । बुटवलको राजनीतिमा स्याङ्जा, पाल्पा, गुल्मी र अर्घाखाँचीबाट बसाई सरेर आएकाहरुको विशेष भूमिका हुने गरेको छ ।

बुटवल उपमहानगरमा अघिल्लो निर्वाचनमा एमालेबाट शिवराज सुवेदी नगर प्रमुखमा विजयी भएका थिए। उनले कांग्रेसका खेलराज पाण्डेलाई २४ सय मतान्तरले मात्र पराजित गरेका थिए।

भट्टराईलाई उम्मेदवार बनाउने एमाले निर्णय पछि फेरि एक पटक एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमालेको आन्तरिक राजनीतिमा धक्का खानु परेको एमालेका एक जिल्ला नेताले बताए । बुटवलबाट राजधानी दाङ लैजाने बेलाबाट आन्तरिक समिकरणमा धक्का ब्यहोर्दे आएका पौडेललाई बुटवलको मेयरको उम्मेदवारीले अर्को झट्का लागेको ती नेताले बताए । पौडेलको रोजाईमा पहिलो नम्बरमा गोपाल राना र राना नभए जिल्ला अध्यक्ष तेजेन्द्र केसी थिए ।

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १० : ३० बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि