७ पुस २०८२, सोमबार | December 22, 2025

बुटवलमा एमालेबाट बावुराम भट्टराई र साबित्रा अर्याल उम्मेदवार बन्ने पक्का, विष्णु पौडेललाई लाग्यो अर्को धक्का



बुटवल । नेकपा एमालेले बुटवल उपमहानगरको नगर प्रमुखमा बावुराम भटराईलाई उठाउने निर्णय गरेको छ।

पार्टीको सचिवालय बैठकले औषधी व्यवसायी भटराईलाई नगर प्रमुख र पार्टी केन्द्रिय सदस्य सावित्रा अर्याललाई उप प्रमुखमा उठाउने निर्णय गरेको हो।

जिल्ला कमिटीको सिफारिसबाटै वर्तमान नगर प्रमुख शिवराज सुबेदी रिङ आउट भएपछि बुटवलमा मेयरको उम्मेदवार को बन्ला भन्ने चासो बढेको थियो । अर्का आकाँक्षि गोपाल रानाको नाम अन्तिम टुँगोमा पुगेको चर्चा चलेपनि अन्ततः सचिवालय बैठकले भट्टराई र अर्यालको नामका टुंगो लगाएको हो ।

लुम्विनी प्रादेशिक अस्पतालमा कार्यरत रहदा भुमिगत रहेका एमाले नेता कार्यकर्ताहरुको उपचार गर्ने क्रममा भट्टराई तत्कालिन मालेको सम्पर्कमा आएका थिए ।

पार्टी संगठन भन्दा पार्टीलाई आर्थिक सहयोग जुटाउने र व्यवसायमा सक्रिय देखिएका भट्टराई ३५ वर्षको उमरमै औषधि व्यवसायी संघको लुम्बिनी प्रदेश अध्यक्ष बनेका थिए।

एमाले विरासत जोगाउने जिम्मा पाएका भट्टराई र काँग्रेसबाट सिफारिसमा परेका खेलराज पाण्डे भेगिय हिसावले एकै स्थान स्याङ्जाका भएकाले बुटवलमा बसोबास गरिरहेका पूर्व स्याङ्जालीहरुको मत बिभाजन हुने आंकलन गरिएको छ । बुटवलको राजनीतिमा स्याङ्जा, पाल्पा, गुल्मी र अर्घाखाँचीबाट बसाई सरेर आएकाहरुको विशेष भूमिका हुने गरेको छ ।

बुटवल उपमहानगरमा अघिल्लो निर्वाचनमा एमालेबाट शिवराज सुवेदी नगर प्रमुखमा विजयी भएका थिए। उनले कांग्रेसका खेलराज पाण्डेलाई २४ सय मतान्तरले मात्र पराजित गरेका थिए।

भट्टराईलाई उम्मेदवार बनाउने एमाले निर्णय पछि फेरि एक पटक एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमालेको आन्तरिक राजनीतिमा धक्का खानु परेको एमालेका एक जिल्ला नेताले बताए । बुटवलबाट राजधानी दाङ लैजाने बेलाबाट आन्तरिक समिकरणमा धक्का ब्यहोर्दे आएका पौडेललाई बुटवलको मेयरको उम्मेदवारीले अर्को झट्का लागेको ती नेताले बताए । पौडेलको रोजाईमा पहिलो नम्बरमा गोपाल राना र राना नभए जिल्ला अध्यक्ष तेजेन्द्र केसी थिए ।

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १० : ३० बजे

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी