७ आश्विन २०८३, बुधबार | September 23, 2026

स्थानीय तहको निर्वाचनका लागि आजबाट उम्मेदवारी दर्ता



काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आजबाट उम्मेदवारी दर्ता गर्ने भएको छ ।

स्थानीय तहको चुनावको पहिलो चरणको तयारी पूरा भएको आयोगले जनाएको छ । आजबाट दोस्रो चरणअन्तर्गत उम्मेदवारी दर्ता गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

आज बिहान १० बजे अपराह्न ५ बजेसम्म र सोमबार बिहान १० बजे अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिनेछ । गत निर्वाचनमा एकै दिन उम्मेदवारी दर्ता गर्न अप्ठ्यारो भएपछि यस पटक दुई दिनको समय तोकिएको आयोगका प्रवक्ता पौडेलले बताए ।

देशका ७५३ वटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना भई कार्यसञ्चालन गरिसकेको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिनेछ ।

यससँगै आयोगले मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको जनाएको छ । भोलि अपारह्न ५ बजेपछि मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने गरिने कार्यक्रम छ ।

त्यस्तै, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । त्यसपछि वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगले जनाएको छ ।

वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने र वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम तय गरिएको छ । त्यसपछि वैशाख १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । त्यसपछि वैशाख ३० गते मतदात हुनेछ ।

शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता गर्न सहयोग गर्न आयोगले सबै उम्मेदवार र दलहरुलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ६ : ५१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११