११ पुस २०८२, शुक्रबार | December 26, 2025

स्थानीय तहको निर्वाचनका लागि आजबाट उम्मेदवारी दर्ता



काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आजबाट उम्मेदवारी दर्ता गर्ने भएको छ ।

स्थानीय तहको चुनावको पहिलो चरणको तयारी पूरा भएको आयोगले जनाएको छ । आजबाट दोस्रो चरणअन्तर्गत उम्मेदवारी दर्ता गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

आज बिहान १० बजे अपराह्न ५ बजेसम्म र सोमबार बिहान १० बजे अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिनेछ । गत निर्वाचनमा एकै दिन उम्मेदवारी दर्ता गर्न अप्ठ्यारो भएपछि यस पटक दुई दिनको समय तोकिएको आयोगका प्रवक्ता पौडेलले बताए ।

देशका ७५३ वटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना भई कार्यसञ्चालन गरिसकेको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिनेछ ।

यससँगै आयोगले मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको जनाएको छ । भोलि अपारह्न ५ बजेपछि मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने गरिने कार्यक्रम छ ।

त्यस्तै, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । त्यसपछि वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगले जनाएको छ ।

वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने र वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम तय गरिएको छ । त्यसपछि वैशाख १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । त्यसपछि वैशाख ३० गते मतदात हुनेछ ।

शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता गर्न सहयोग गर्न आयोगले सबै उम्मेदवार र दलहरुलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ६ : ५१ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’