८ बैशाख २०८१, शनिबार | April 20, 2024

हेटौंडामा १३ पत्रकारलाई अवार्ड, सात जनालाई सम्मान



हेटौंडा । न्यू मिडिया एकेडेमीले हरेक वर्ष प्रदान गर्ने आएको हेटौंडा जर्नालिजम अवार्ड-२०७९ प्रदान गरिएको छ । अवार्डको तेस्रो र चौथो संस्करणमा मकवानपुरका १३ जना पत्रकारलाई अवार्ड तथा सात जना अग्रज पत्रकारलाई सम्मान गरिएको छ ।

अग्रज पत्रकार रुपेश दुलाल, नानीमैया कार्की सम्झना, रोशन पराजुली, कुमार अधिकारी पोष्टराज, सुनिल खड्का, हरिप्रसाद हुमागाईं र दीपक अधिकारीलाई शनिबार साँझ सम्मान गरिएको छ ।

उत्कृष्ट वर्ष पत्रकार अवार्ड महिलातर्फ सृजना नेपालले प्राप्त गरिन् भने पुरुषतर्फको अवार्ड देवराज पन्तले प्राप्त गरे । उत्कृष्ट नवप्रवेशी पत्रकारिता वर्ष अवार्ड महिलातर्फ निशा गुरुङ, पुरुषतर्फ सुमन दाहालले प्राप्त गरे ।

उत्कृष्ट अनलाइन पत्रकारिता वर्ष अवार्ड गणेश दुलाल, उत्कृष्ट कला पत्रकारिता वर्ष अवार्ड कपिल खड्का, उत्कृष्ट रेडियो पत्रकारिता वर्ष अवार्ड सम्झना रिजाल र उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड गणेशदर्पण अधिकारीले प्राप्त गरे ।

उत्कृष्ट कृयाशिल पत्रकार वर्ष अवार्ड सुनिल शिवाकोटी, उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड अमृत चिमरिया, उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड सुदीप शिवाकोटी, उत्कृष्ट टेलिभिजन पत्रकारिता वर्ष अवार्ड बालकृष्ण अधिकारी र उत्कृष्ट सम्पादक वर्ष अवार्ड शिवकुमार काशीले प्राप्त गरे ।

उत्कृष्ट वर्ष पत्रकार अवार्ड प्राप्त गर्ने दुई पत्रकारले जनही १० हजार रुपैयाँसहित अवार्ड प्राप्त गरे भने अन्य विधागत उत्कृष्ट पत्रकारले नगद ५ हजार रुपैयाँसहित अवार्ड प्राप्त गरे ।

न्यू मिडिया एकेडेमीका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको अवार्ड वितरणमा नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ११ : १० बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन